×

NMB BANK
NIC ASIA

मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ हुने

असोज १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ । 

Muktinath Bank

भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित चलचित्रहरु राखिने छन्, जस्तो कि श्याम बेनेगलको ‘द मेकिङ अफ महात्मा’, रिचार्ड एटेनबर्गको ‘गान्धी’ ‘गान्धी माइ फादर’ लगायतका केही चलचित्रहरु उक्त प्रदर्शनीमा राखिने भएको महोत्सव आयोजकहरुले जानकारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

यी दुई चलचित्र राष्ट्रिय चलचित्र विकास संस्थानद्वारा उत्पादित चलचित्रहरु हुन् । त्यसैगरी अर्काे चलचित्र ‘गान्धी माइ फादर’ को निर्देशन फिरोज अब्बास खाँले गरेका हुन् ।

Vianet communication
Laxmi Bank

महात्मा गान्धी नामबाट सुपरिचित मोहनदाश करमचन्द गान्धीलाई भारतका राष्ट्रपिताका रुपमा यहाँ सम्मान गरिन्छ । उनले भारतमा राज गरिरहेका बृटिश सरकारका विरुद्धमा संघर्ष गरेर भारतलाई बेलायती साम्राज्यवादबाट मुक्त गराउन उल्लेखनीय भूमिका निर्वाह गरेकाे थियो ।

उनले त्यस समयमा शक्तिशाली हतियार र ठूलो सैन्य शक्ति रहेको बेलायती साम्राज्यलाई पनि विना हातहतियार शान्तिपूर्ण रुपमा क्रान्ति गरेर भारतबाट बेलायती शासकलाई लखेट्न सक्ने गरी भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व प्रदान गरेका थिए । 

उनको त्यो अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनबाट भारतका मात्र नभएर विश्वकै शान्तिप्रेमी र प्रजातन्त्रमा आस्था राख्ने नागरिकलाई ठूलो प्रेरणा मिलेको थियो ।

‘गान्धी माइ फादर’ फिल्ममा महात्मा गान्धीको भूमिका खेल्नुभएका वरिष्ठ कलाकार श्री दर्शन जरिवाला उक्त महोत्सवको प्रमुख अतिथिका रुपमा रहनु हुने बताइएको छ । भोलि बुधबारदेखि हुन लागेको यो महोत्सव सबै सर्वसाधारणलाई पनि खुला गरिएको आयोजकहरुले जनाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x