×

NMB BANK
NIC ASIA

सोचेजस्तो निरस हुन्न जेलको दशैं : खेलकुदबाट रमाइलो र आफन्त बोलाएर टीका पनि !

असोज १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– हिन्दू नेपालीहरू आफ्नो महानचाड बडादशैंको उमंगमा रमाइरहेका छन् । नवदुर्गको पूजा र नवरात्रको उपवास चलिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

रोजगारी तथा पेशा व्यवसायको सिलसिलामा देशका विभिन्न शहर र विदेशमा पुगेकाहरू पनि विजया दशमीमा नवदुर्गाको प्रसाद र मान्यजनबाट आशिर्वाद ग्रहण गर्न अनि परिवारको साथमा दशैं मनाउन घर–घरमा पुगिसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामान्य अवस्थाका मानिसलाई दशैं आफ्नो घरमा पुगेर परिवारको साथमा मनाउने अवसर भएपनि जेलमा रहेका कैदीबन्दीलाई भने त्यो छुट हुँदैन ।


Advertisment
Nabil box
Kumari

विभिन्न अपराध गरेर जेलजीवन बिताइरहेका कैदीबन्दीको दशैं कस्तो हुन्छ त ? कैदीबन्दीले कसरी मनाउलान् दशैं ? यी प्रश्न आममानिसमा पाइन्छ ।

Vianet communication
Laxmi Bank

कतिपयलाई लाग्न सक्छ, जेल भनेपछि त्यहाँ चाडबाड केही लाग्दैन । तर, त्यस्तो होइन । जेलमा रहेकाहरूले पनि दशैं मनाउँछन् । 

फरक यत्ति हो, अरूले घरमा गएर मनाउन पाउँछन्, तर जेलमा रहेका कैदीबन्दीले दशैंको टीका पनि सम्भव भएमा मान्यजनलाई जेलमै बोलाएर लगाउनुपर्छ ।

दशैंमा मासु पनि निकै लामो समयदेखि संस्कार नै जस्तो बनिसकेको छ ।

जेलमा रहेकाहरूले आ–आफू मिलेर खसीबोका, कुखुरा वा राँगा जस्ता मासुजन्य पशुवस्तु खरिद गरी मासु पनि खान सक्छन्, सरकारले मासु खुवाउने व्यवस्था भने छैन ।

सरकारले दशैं खर्चका रूपमा प्रतिव्यक्ति ३ सय रूपैयाँ उपलब्ध गराउँछ । यसरी कैदीबन्दीलाई जनही ३ सय रूपैयाँ दशैंखर्च उपलब्ध गराउने निर्णय भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेले बताए ।

‘सरकारले प्रतिव्यक्ति ३ सय रूपैयाँ दशैं मनाउन दिएको छ, अन्य व्यवस्था भने छैन’, घिमिरेले लोकान्तरसँग भने, ‘त्यही पैसाबाट दशैं मनाउनुपर्छ ।’

सरकारले उपलब्ध गराउने पैसा जम्मा गरेर वा त्यसमा थपथाप गरेर उनीहरूले मासुजन्य पशुपन्छी खरिद गरी मासु खान पनि सक्छन् ।

देशमा मुख्य तीन जेलको दशैं बारेको विवरण हामीले यहाँ प्रस्तुत गरेका छौं ।

केन्द्रीय कारागार सुन्धारा

केन्द्रीय कारागार सुन्धारामा दशैंमा रमाइलो गर्नका लागि फूटबल आयोजना गरियो । फूटबलमा कैदीबन्दीकै २५ वटा टीम सहभागी थिए ।

कैदीबन्दीहरूको २५ वटा टिमले भालिइराखेको केन्द्रीय कारागारका प्रवक्ता गोकर्ण खनालले बताए । ‘कैदीबन्दीले दशैंमा रमाइलो गर्नका निम्ति फूटबल आयोजना गर्नुभयो,’ केन्द्रीय कारागारका प्रवक्ता गोकर्ण खनालले लोकान्तरसँग भने ।

‘उहाँहरूले खसीबोका लगायतका पुरस्कार पनि राख्नुभएको थियो, यसरी नै रमाइलो गरेर दशैं मनाउँदै हुनुहुन्छ,’ खनालले भने ।

सरकारले दिएको ३ सय रुपैयाँले सबै मिलेर खसीबोका किन्ने र मासु खान सक्ने व्यवस्था समेत गरिएको उनले बताए  ।

साथै टीकाको दिन नितान्त नजिकका आफन्तलाई टीका लगाउने व्यवस्था पनि मिलाइएको प्रवक्ता खनालले जानकारी दिए ।

नख्खु कारागार

नख्खु कारागारमा यसपटक दशैंका लागि विशेष व्यवस्था केही रहेनछ । सरकारले उपलब्ध गराएको ३ सय रुपैयाँलाई कैदीबन्दीले आफ्नो ढंगले खर्च गरी दशैं मनाउन सक्ने नख्खु कारागारका जेलर सुरेन्द्र पौडेलले बताए ।

‘कैदी बन्दीहरूले अरूले जस्तै दशैं मनाउनुहुन्छ, फरक यति मात्र हो हामीले बाहिर मनाउँछौं, उहाँहरूले जेलमा मनाउनुहुन्छ,’ पौडेलले लोकान्तरसँग भने ।

दशैंमा कैदीबन्दीको परिवारका सदस्यलाई दशैंका लागि खाने कुरा ल्याउने तथा टीका लगाइदिन सक्ने व्यवस्था पनि गरिएको जेलर पौडेलले बताए ।

डिल्लीबजार कारागार

डिल्लीबजार कारागारमा दशैंको अवसर पारेर भलिबल, फूटबल, टेबल टेनिस लगायतका खेलकुद आयोजना भयो । 

दशैंको समयमा जेलमा रमाइलो गर्न घर–परिवारको न्यास्रो मेटाउनका लागि यस किसिमका कार्यक्रम गरेको जेलर अरुण पोखरेलले बताए ।

खेलकुद प्रतियोगिताहरूको फाइनल फूलपातिका दिन भयो ।

कारागारका तर्फबाट भने सरकारले निर्णय गरेको ३ सय रुपैयाँबाहेक अरू केही दिने व्यवस्था नभएको पोखरेलले लोकान्तरसँग बताए ।

नख्खु कारागारमा नाम चलेका केही कैदी पनि रहेकाले उनीहरूलाई भेट्न आउने मानिसहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ पनि आफूहरूको ध्यान केन्द्रित रहेको जेलर पोखरेलले जानकारी दिए ।
चर्चित कैदी बन्दीलाई विशेष व्यवस्था हुन्छ र ?

जवाफमा पोखरेलले भने, ‘निलम्बित सांसद रेशम चौधरीलाई समेत जेलमा अन्य कैदीबन्दीसरह नै व्यवस्था गरिएको छ, उहाँलाई भनेर त्यस्तो छुट्टै व्यवस्था छैन ।’

यसअघि पनि नाम चलेका कैदीबन्दीका आफन्तहरू धेरै आउने देखिएकाले कारागार व्यवस्थापनले त्यसैअनुसारको व्यवस्थापन भने गरेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x