×

NMB BANK
NIC ASIA

'जोकर' फिल्म अत्यन्तै हिंस्रक भएको भन्दै दर्शकहरू हलबाट बाहिरिए

असोज १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – हलिउड फिल्म जोकर सार्वजनिक भएपछि विवाद निम्तिएको छ । केही देशका सिनेमाघरमा दर्शकहरू फिल्म एकदमै हिंस्रक भएको भन्दै पूरै नहेरी निस्केका छन् । 

Sagarmatha Cement
Muktinath Bank

फिल्मले पैसा चाहिँ बेस्सरी कमाइरहेको छ । सप्ताहान्तमा उसले कुल नौ करोड २० लाख डलर कमाउने अपेक्षा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर केही दर्शकलाई चाहिँ यो फिल्म डार्क र अतिहिंस्रक लागेको छ । फिल्ममा योआक्विन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाह गरेका छन् । कसैले नपत्याइएका क्लाउन मानसिक समस्या बढ्दै गएपछि हिंस्रक बनेको कथा यसमा देखाइएको छ । 


Advertisment
Nabil box
Kumari

एक दर्शकले ट्विटरमा लेखे, ‘जोकर हेर्दाहेर्दै हलबाट बाहिर निस्किएँ । असाध्यै तर्साउने रहेछ अनि फिल्मले बन्दूकबाट हुने हिंसा र मानसिक समस्यालाई ग्ल्यामराइज गरेको छ ।’

Vianet communication
Laxmi Bank

केही अन्यले हलमा यस फिल्ममाथि प्रतिबन्ध लगाइनुपर्ने माग गरेका छन् । यसले हिंसाको प्रवर्द्धन गर्ने र सामूहिक गोलीकाण्डका लागि प्रेरित गर्न सक्ने समेत बताइएको छ । 

तर अहिलेसम्म हलहरूमा हिंसाको कुनै पनि घटनाको खबर आएको छैन । अमेरिकामा प्रहरी उच्च सतर्क स्थितिमा छ र हलहरूमा सुरक्षा बढाइएको छ ।

क्यालिफोर्नियाको हन्टिङटन बीचमा धम्की आएपछि एउटा हलले दुईवटा शो रद्द गर्नुपरेको प्रहरीले बतायो । तर शुक्रवारका शोहरू निर्धारित तालिकाअनुसार नै देखाइए । 

न्युयोर्क शहरमा एउटा हलमा एक दर्शकले फिल्ममा जोकरले कसैलाई मारिरहेको देखाएपिच्छे अरूलाई थुक्ने अनि चर्को आवाजमा थपडी बजाउने काम गरेर डरत्रास उत्पन्न गराए ।

उनको उद्देश्य खराब रहेको डर मान्दै प्रहरीले उनलाई हलबाट बाहिर निकालेको थियो । ती व्यक्तिले फिल्म शुरू हुनुअघि आफ्नो लिंगमा टकिलाको एक बोतल खन्याएको आफूले देखेको एक प्रत्यक्षदर्शीले बताए । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x