काठमाडौं – बक्स अफिसमा ऋतिक रोशन र टाइगर श्रौफ स्टारर चलचित्र ‘वार’ ले आक्रामक व्यापार गरेकाे छ ।
यस चलचित्र २ सय करोडको क्लव नजिक प्रवेश गरेको छ । ट्रेड एनालिस्ट तरन आदर्शका अनुसार, चलचित्रको हिन्दी भर्सनले सोमवार भारतीय बक्स अफिसमा करिब २०.६० करोड रुपैयाँको व्यापार गरेको छ । उनका अनुसार, यस चलचित्रले सोमवारसम्ममा १८०.३० करोड रुपैयाँ कमाएको छ ।
यसमा चलचित्रको तमिल र तेलुगू भर्सनको कारोबार पनि जोडिएको छ । भारतमा यस चलचित्रले कुल १८७ दशमलव ७५ करोड कमाएको उनले बताएका छन् ।
गान्धी जयन्तीको अवसरका २ अक्टोवरमा रिलीज भएको सो चलचित्रको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।
लोकान्तर संवाददाता