×

NMB BANK
NIC ASIA

खड्ग जात्रासहित घोडाजात्रा सम्पन्न

असोज २२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भक्तपुर – प्रत्येक वर्ष दशैँको टीका (दशमी) को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरू भएर बुधवार बिहान सम्पन्न भएको छ । 

Muktinath Bank

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरूभएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जात्रा शुरूहुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताए। दशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराई जात्रा मनाएको उनले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ । 

Vianet communication
Laxmi Bank

राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिएको छ । जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाइ तीनपटक दगुराएर बिहान करीब ३ बजे घोडाजात्रा सम्पन भएको जोशीले बताए।     
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x