मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
असोज २२, २०७६
काठमाडौं – चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल र भारत भ्रमणको औपचारिक कार्यक्रम एकैपटक घोषणा भएको छ । तीनवटै देशका विदेश मन्त्रालयले बुधवार एकै समयमा राष्ट्रपति शीको भ्रमणको कार्यक्रम घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले अक्टोबर १२ र १३ तारिख अर्थात असोज २५ र २६ गते नेपाल भ्रमण गर्न लागेको जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधवार नै राष्ट्रपति शी ११ देखि १३ तारिखसम्म भारत र नेपालको भ्रमणमा निस्कन लागेको जनाएका छन् । चिनियाँ समाचार संस्था पिपुल्स डेलीका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दोस्रो अनौपचारिक भेटका लागि भारत भ्रमणमा जाने कार्यक्रम तय भएको जनाएको छ ।
बुधवार नै भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गरी चेन्नईमा हुने दोस्रो अनौपचारिक शिखरवार्ताका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति शीले ११ र १२ तारिखको दिन भारत भ्रमण गर्न लागेको जनाएको छ ।
राष्ट्रपति शी र भारतीय प्रधानमन्त्री मोदीले सन् २०१८ को अप्रिल २७ र २८ मा चीनको वुहानमा पहिलो अनौपचारिक शिखरवार्ता गरेका थिए ।
शिखरवार्ताका क्रममा दुई नेताले द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय एजेन्डाका विषयमा कुरा गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
नेपालको राजकीय भ्रमण
चिनियाँ राष्ट्रपति शीबाट हुन लागेको नेपालको राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने र चिनियाँ प्रतिनिधिमण्डलको स्वागतका लागि भोज (ब्याङ्क्वेट)को आयोजना गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार भारत भ्रमणमा जान लागेका शी शनिवार दिउँसो नेपाल आउने कार्यक्रम छ ।
राष्ट्रपति शीको भ्रमणको पूरै तालिका सार्वजनिक नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता हुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति शीले केही सहयोगको घोषणा समेत गर्ने तयारी रहेको नेकपानिकट स्रोत बताउँछ ।
राष्ट्रपति शीसँग नेपालका राजनीतिक दलका नेताहरूले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति शी आइतवार नै स्वदेश फर्किने कार्यक्रम छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...