कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
महोत्तरी – महोत्तरी जिल्लाका नगर चोक, बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
जथाभावी पशु छाड्ने प्रवृत्ति बढेपछि छाडा पशुको समस्या बढेको हो । छाडा पशु कहिले किसानको खेतमा पुगेर बाली नष्ट गरिदिन्छन् त कहिले सडकमा हिँडेर यातायात अवरुद्ध पार्छन् ।
घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशु चौपाया नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा छाडा विचरण गराउने आम प्रचलन बढेसँगै ट्राफिक व्यवस्थापनमा ठूलो समस्या बनेको छ । बटुवा र स्थानीय पसलेलाई पनि छाडा चौपायाबाट असुरक्षा भइरहेको छ । बटुवाहरू पटक/पटक गाई, साँढे, घोडा आदि चौपायाको आक्रमणमा परेर घाइते समेत भएका छन् ।
बिहान मिरमिरे उज्यालो देखिनासाथै यस्ता पशु पाल्नेहरुले आफ्ना वस्तु फुकाएर बजार, चोकतिर लघार्ने गरेका छन् । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुवस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईवस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ ।
'बजार, चोकतिर हिँड्डुल गर्न डरमर्दो भएको छ', बर्दिवास–१४ की गृहिणी पुनम महतो भन्छिन्, 'तिखा सिङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।' बर्दिवासमा यिनै छाडा गाई पछ्याउने साढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । राष्ट्रिय महत्वका दशैँ, तिहार र छठजस्ता धार्मिक चाडबाडमा बजार, सडकक्षेत्र सफा गरिनुपर्ने भए पनि छाडा पशु चौपायाले दैनिक रुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । अहिले दशैँभरिको फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ ।
गाईबाहेक खुला चरनमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘च्वाँ–च्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगन/आँगन चाहर्ने सुँगुँरको बिष्टा सोहोरेर हैरान भएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ । छाडा सुँगुरले त कतिपय दिन भान्सासम्मै पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर–१ शङ्करचोक (जलेश्वरनाथ महादेव मन्दिर रहेको चोक) नजीककी बासिन्दा देवरती साह बताउँछिन्।
गाई–गोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भए पनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । 'बाबु पुर्खादेखि नै सुँगुर छोइएन', जलेश्वर–२ बुद्धिजीवीचोक नजीककी गृहिणी रञ्जु बराल भन्छिन्, 'हामी त यो सुँगुर आतङ्कले आजित नै भयौँ ।' मुस्लिम (इस्लाम) धर्मावलम्बीको सघन बसोबास भएका बस्तीमा छाडा सुँगुरले सर्वसाधारण झनै आजित भएका छन् । सुँगुर छुन नहुने धार्मिक आस्था भएका मुस्लिम बस्तीमा एकाबिहानै फोहरका डुङ्गुर उध्रिन्दै सुँगुर पस्ने गरेका जलेश्वर–१ का महमुद आलमको गुनासो छ ।
जिल्लाका सबैजसो नगर/गाउँ क्षेत्रमा छाडा पशु चौपायाका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । 'खै कसैले ध्यान दिँदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?', भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्नुहुन्छ, 'नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।' छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो जिल्लाको पुरानो समस्या भए पनि स्थानीय तह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ ।
यसैबीच जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउँछन्। 'छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको तत्परता त हुनुपर्छ', संयोजक सिंह भन्छन्, 'तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि अघि बढाउनुपर्छ ।' घरपालुवा पशु छाडा गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीय तहले तत्काल काम थाल्नुपर्ने संयोजक सिंहको भनाइ छ ।
छाडा चौपायाले ट्राफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भन्नुहुन्छ, 'छाडा चौपाया नियन्त्रणका लागि कार्यविधि बनाइने तयारीमा छु ।' 'हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशुधनीलाई दण्डजरिवाना गर्ने व्यवस्था गर्न लागेका छौँ', प्रमुख साह भन्छन्, 'कार्यालय (नगरपालिका कार्यालय) कै तर्फबाट यस सम्बन्धमा गरिनुपर्ने कामबारे सघन छलफलमा छौँ, उपयुक्त निर्णय हुनेछ ।'
जिल्ला समन्वय समितिका संयोजक सिंह छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताउँछन्। 'अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच अन्तरक्रिया गरेर साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु', उनी भन्छिन्। जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । गोपालप्रसाद बराल,रासस
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...