×

NMB BANK
NIC ASIA

साग तयारीका लागि समिति संयोजक तोकिए

असोज २३, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

काठमाडौं –नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद(साग) को तयारीका लागि पोखरामा विभिन्न समितिका संयोजकहरू चयन गरिएका छन् ।

Muktinath Bank

काठमाडौंपछि सागको अर्को आयोजनास्थल पोखरामा आज बसेकोे तयारी समितिको पहिलो बैठकले सागलाई सफल र व्यवस्थित बनाउन विभिन्न १२ समितिका संयोजक चयन गरेको हो ।
 
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतको उपस्थिति तथा प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं साग खेलकूद तयारी समिति पोखराका संयोजक नरदेवी पुन मगरको अध्यक्षतामा बैठक बसेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले खेलस्थल व्यवस्थापन समितिको संयोजकमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ, अतिथि सत्कार संयोजकमा गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मी, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा प्रदेशसभा सदस्य दीपक कोइरालालाई तोकेको साग तयारी समिति पोखराका सचिव एवं प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मण योगीले जानकारी दिए । 
    
यस्तै समारोह व्यवस्थापन समितिको संयोजकमा तेज गुरुङ, प्रचारप्रसार तथा प्रकाशन संयोजकमा केशव पाठक, यातायात व्यवस्थापन संयोजक तोरण बानियाँ, आवास व्यवस्थापन संयोजक सूर्य भुजेल, सुरक्षा समिति संयोजक नेपाल प्रहरीका डिआइजी विनोद घिमिरे, स्रोतसाधन परिचालन संयोजक सञ्जीव कोइराला, खेल सामग्री उपकरण तथा पोशाक संयोजकमा सम्पन्न श्रेष्ठ, स्वयमसेवक परिचालन संयोजक विष्णु केसी, सोही समितिअन्तर्गत अतिथि सम्पर्क समिति संयोजक जगन गुरुङ, स्वास्थ्य समिति संयोजक डा पदम खड्का रहेका छन् । 


Advertisment
Nabil box
Kumari

नौ खेलका पूर्वाधार निर्माण गर्न आवश्यक बजेट माग गर्नेसमेत बैठकले निर्णय गरेको छ । विभिन्न समितिलाई पूर्णता दिन तथा समितिका सचिवको रुपमा खेलकूदमा कार्यरत कर्मचारीलाई थप्ने निर्णय गरिएको कार्यालय प्रमुख योगीले जानकारी दिए। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x