सुनको भाउ घट्यो, कति छ मूल्य ?

काठमाडौं – साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आइतवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अघिल्लो दिन छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

आइतवार  तेजावी सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आइतवार चाँदीको भाउ भने स्थिर छ । आइतवार चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 
 

कमेन्ट गर्नुहोस्