साउदी अरब र युएईबाट के चाहन्छन् पुटिन ?

रियाद - रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएका छन् । उनी अहिले साउदी अरबको राजधानी रियादमा रहेको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।

यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्ने भएका छन् ।


Advertisement

दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको अधिकारीहरुले जनाएका छन् । साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका थिए ।


Advertisement

रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको संज्ञा दिएका छन् । भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्