सुत्केरी महिलाको उद्दार गर्न हेलिकप्टर प्रयोग

फाइल फोटो

रुकुम - मृत शिशुलाई जन्म दिएर स्वास्थ्य जोखिममा परेकी रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी ३१ वर्षीया सरलमाया पुनको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहकार्यमा हेलिकप्टरबाट आज पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए ।


Advertisement

यही असोज १७ गते स्वास्थ्यचौकी मैकोटमा मृत शिशुको जन्म दिएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।


Advertisement

स्वास्थ्यकर्मीले विशेषज्ञ डाक्टरकहाँ गएर औषधोपचार गर्न सल्लाह दिए पनि परिवारको लापरवाहीका कारण उनी घरमै बसिरहेकी थिइन् ।

१७ गतेदेखि बिरामी परेकी पुन आज बिहान अचेत अवस्थामा पुगेपछि हेलिकप्टरबाट उद्धार उपचारका लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

 

कमेन्ट गर्नुहोस्