सुनचाँदीको भाउ घट्यो, कति छ मूल्य ?

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बुधवार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवारको तुलनामा बुधवार छापावाला सुनमा एक सय रुपैयाँको गिरावट आएको छ ।


Advertisement

गलवार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

बुधवार तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार बुधवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्यमा १० रुपैयाँको कमि आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 
 

कमेन्ट गर्नुहोस्