सुर्खेतमा एक जनाको हत्या, आरोपी सुर्खेत र काठमाडौंबाट पक्राउ

सुर्खेत – सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा एक जनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रवि रावलका अनुसार असोज २२ गते राति गुर्भाकोट नपा– १, काल्चेका २५ वर्षीय युवक यामबहादुर विकको कुटपिटका कारण मृत्यु भएको हो ।


Advertisement

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने २० वर्षका निराजन विकलाई असोज २४ गते उनको घरबाटै, २६ गते काठमाडौंको स्वयम्भुबाट विनोद विक भनिने विनय विकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको डीएसपी रावलको भनाइ छ ।


Advertisement

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले असोज २८ गते साँझ साढे ७ बजेको समयमा ६ जना जुवाडे पक्राउ गरेको छ ।

विरेन्द्रनगर नगरपालिका– ८ भानुचोक स्थित झलकजंग शाहीको घरम जुवा खेलिरहेका अवस्थामा प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो ।

प्रहरीले ५२ हजार २८० रुपैयाँ नगदसहित विनपा– ७ भानुचोका झलक जंग शाही,  सोही स्थानमा बस्ने ५५ वर्षका हरि थापा, ४० वर्षका मनोज शाही, २४ वर्षका मिनराज शाही, ४० वर्षका धनबहादुर गुरुङ र कालिङ्चोक बस्ने ३१ वर्षका सुरज सिञ्जालीलाई नियन्त्रणमा लिई थप अनुसन्धन अघि बढाइएको जिप्रका सुर्खेतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्