सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा

काठमाडौं – एकपछि अर्को सांसद पक्राउ परिरहेका बेला नेकपा सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा भएको छ ।

जिल्ला अदालत काठमाडौंबाट गुरुङका नाममा म्याद तामेल गर्न दोलखा पत्र पुगिसकेको पुष्टि भएको हो । गुरुङ दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।


Advertisement

गत वैशाख अन्तिम साताको घटना भएपनि ढिला गरी सार्वजनिक भएको हो । सांसद गुरुङमाथि ज्यान मार्ने उद्योग गरेको आरोपसहित प्रहरीमा उजुरी परेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र दोलखा जिल्ला अदालतमा पुगी म्याद समेत तामेल भइसकेको छ ।

स्रोतका अनुसार सांसद गुरुङका अलावा मिनबहादुर तामाङ, कारसाङ भनिने कर्ण तामाङ, उर्मिला धामी, जीवन तामाङ, सागर तामाङ र सविन तामाङ लाई प्रतिवादी बनाइएको छ ।

जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले पार्वत गुरुङ भन्ने व्यक्तिका नाममा म्याद तामेल भएको पुष्टि गरे ।

'जिल्ला अदालत दोलखामा पत्र पठाएर पार्वत गुरुङका नाममा म्याद तामेली भएको छ, सांसद पार्वत गुरुङ नै हो कि होइन भनेर हामीले पुष्टि गर्न सक्दैनौं,' श्रेष्ठले लोकान्तरसँग भने ।

स्रोतका अनुसार ती व्यक्ति सांसद पार्वत गुरुङ नै हुन् ।

कमेन्ट गर्नुहोस्