×

NMB BANK
NIC ASIA

चियापानमा कार्यकर्ताले माग : ‘जनतासँग जोडिन जिम्मेवारी देऊ’

असोज २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ ।  संविधान जारीपछिको निर्वाचनबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अग्रसर भएपनि पार्टी एकतापछि आम कार्यकर्ताले पूर्ण जिम्मेवारी पाइसकेका छैनन् ।

Sagarmatha Cement
Muktinath Bank

    सरकार र पार्टीको पर्याप्त समन्वय भई आफूहरुले उचित जिम्मेवारी पाएमा जनताका बीचमा पुगेर सरकार र पार्टीको सन्देशजवाहक हुन तयार ती कार्यकर्ताले पार्टीको नेतृत्वलाई एकता प्रक्रियाको बाँकी कामलाई चाँडो पूर्णता दिन पटकपटक सुझाउँदै आएका छन् । नेकपाले दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडबाडका अवसरमा आज काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुुभकामना आदानप्रदान कार्यक्रममा सहभागी कार्यकर्ताले पार्टी एकीकरणको बाँकी काम पूरा गरेर सर्वसाधारणले अनुभूत गर्ने गरी काम गर्न सुझाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    चियापानका क्रममा भेटिएका नेकपा कार्यकर्ताले केही सकारात्मकता, केही गुनासो र केही आलोचनात्मक टिप्पणीसहित नेतृत्वलाई गलत प्रवृत्तिको साथ नदिन र राम्रा कामको प्रोत्साहन गर्न आग्रह पनि गरेका छन् । उनीहरुले आपसी खिचातानीलाई थाती राखेर अगाडि बढ्नुपर्नेसमेत बताए । 


Advertisment
Nabil box
Kumari

    पार्टी एकीकरण समयमै नटुङ्गिनुमा पनि नेताहरुको व्यक्तिगत स्वार्थ मूल कारण भएको कार्यकर्ताको बुझाइ छ । तेरो र मेरो भन्ने भावनाले काम गर्दा एकीकरणले पूर्णता नपाएको भन्दै कार्यकर्ताले आक्रोस पोखेका छन् । विसं २०७४ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र बीचको एकतापछि गठित नेकपाले ढिलो गरी केन्द्रीय नेताहरुको कार्य विभाजन, प्रदेश, जिल्ला र भ्रातृ सङ्गठनका इञ्चार्ज÷सहइञ्चार्ज तोकेकाले सबै जिल्ला, पालिका र भ्रातृ सङ्गठनका तल्लोस्तरसम्मको एकताले पूर्णता पाएको छैन । 

Vianet communication
Laxmi Bank

    नेकपा गुल्मीका सङ्गठित सदस्य वासुदेव केसीले अल्झन नगरी पहिले पार्टी एकीकरण टुङ्ग्याएर विकासको मार्गलाई तीव्रता दिन र जनतासँग जोडिने गरी कार्यकर्तालाई जिम्मेवारी दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । केसीले भन्नुभयो, “दुई तिहाइको सरकार भएर पनि तल्लो तहमा महसुस गर्ने गरी काम हुन सकेको छैन, विसं २०५१ को सरकार कति लोकप्रिय बनेको थियो, अहिले त्यति ठूलो शक्तिको सरकार बनेको छ, मन छुने काम गरेको देखिँदैन ।”

    यद्यपि सरकारले रेल, सुरुङमार्ग, सडक निर्माणमा चालेको कदमलाई सकारात्मकरुपमा लिँदै उहाँले सँगसँगै जनताले दैनिकरुपमा भोगिरहने समस्यामा ध्यान दिन नेतृत्वलाई आग्रह गर्नुभयो । महङ्गी, भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीजस्ता गतिविधि रोक्न सरकार कडारुपमा प्रस्तुत हुन जरुरी रहेको औँल्याउँदै कार्यकर्ताले सरकारको लगाम नेकपा भएकाले त्यहीअनुसार परिचालन गर्न सक्नुपर्नेमा जोड दिएका छन् । 

    कार्यकर्ताले नेताहरुको आपसी खिचातानी र गुटउपगुटका कारण पार्टी सङ्गठन कमजोर हुने भन्दै राष्ट्रिय भावनाका साथ पार्टी बलियो बनाएर जनताको मन जित्न नेताहरुलाई आग्रह गरेका छन् । स्थानीय तहमा समेत नेतृत्वले काम गर्ने तौरतरिका सच्याउनुपर्नेमा कार्यकर्ताको जोड छ । 

    सिन्धुपाल्चोकका नेकपाका अर्का कार्यकर्ता केशवलाल श्रेष्ठले राजनीतिक नेतृत्वले देश र जनताका लागि भलो हुने काम गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “मुलुकमा विकास हुनुपर्छ, महङ्गी नियन्त्रण हुनुपर्छ, दुःखकष्टमा पिल्सिएका जनताको घाउमा मलम लगाउन सक्नुपर्छ, यस्ता कुरामा नेतृत्वले ध्यान दिनुपर्छ ।” उहाँले अहिले नेता र सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै राजनीतिक दल नै तँछाडमछाडमा लागेको बताउनुभयो । राष्ट्रियहित र साझा विषयमा सबै पार्टी एक हुनुपर्र्नेमा उहाँको जोड थियो । 

    नेकपाका शुभेच्छुक काठमाडौँका ७० वर्षीय वृद्ध अच्युतराम सत्यालले पछिलो समयमा परिवर्तनको लहर देखिन शुरु गरेको बताउँदै पार्टी एकीकरण टुङ्ग्याएर जनताले थाहा पाउने गरी विकास र समृद्धिमा जान नेकपाका नेतालाई सुझाव दिनुभयो । नेतासँगै कार्यकर्ताको मानसिकता परम्परागतबाट माथि उठ्न नसकेको जिकिर गर्दै उहाँले हिजोको सोच बदल्न सुझाव दिनुभयो ।

    नेकपाको हुम्लाका सदस्य भुवनबहादुर शाही दुई तिहाइको सरकार हुँदा जुन अपेक्षाअनुसार काम गर्न सक्थ्यो, त्यसरी जान नसकेको उल्लेख गर्र्दै जबसम्म रोजगारीका लागि नेपाली युवा विदेश जाने परम्परा रोकिँदैन तबसम्म सरकारले राम्रो काम गरेको नठहरिने तर्क प्रस्तुत गर्नुभयो । 

    हुम्लाकै शुभेच्छुक पार्वती थापाले जनताका दैनिक जीवनमा आइपर्ने समस्या ज्यूँकात्यूँ रहेको बताउनुभयो । चियापान समारोहमा देशैभरबाट नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो । सो क्रममा विभिन्न राजनीतिक दलहरुलेसमेत सहभागिता जनाएका थिए । मध्याह्न १२ बजेदेखि शुरु भएको चियापान समारोह साँझ ५ बजे सकिएको थियो ।

    चियापान समारोहमा राजनीतिक नेताहरुले साझा विषयमा अझै सबै दलहरुको एकता आवश्यक रहेकामा जोड दिँदै चाडबाडमा हुने यस्ता कार्यक्रमले आपसी सद्भाव कायम गर्न र राजनीतिक नेताहरुबीच नजिक हुने अवसर मिल्ने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x