×

NMB BANK
NIC ASIA

लोकान्तर खोज

सांसदले तोडफोड गर्दा उजागर भएको तथ्य: जनकपुरबाट बुद्ध एयरको उडान जहिल्यै ढिला ! [सूचीसहित]

असोज ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – विमान उड्न ढिला भएको भन्दै आक्रोशित बनेर सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेका राजपा सांसद प्रमोदकुमार साह प्रहरी हिरासतमा छन् ।

Sagarmatha Cement
Muktinath Bank

मंगलवार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सांसद साहलाई जिल्ला अदालत धनुषाबाट ४ दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीमाथि अनुसन्धान जारी छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद साहको पक्राउप्रति राजपा नेता/कार्यकर्ता आक्रोशित छन् । जनकपुरका चोक तथा सडकमा टायर बालेर विरोध प्रदर्शन तथा चक्काजाम समेत भयो ।


Advertisment
Nabil box
Kumari

राजापले केन्द्र र जिल्ला तहबाट यसको चर्को विरोध गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

यस्तो थियो घटना

सांसद साह असोज २७ गते सोमवार जनकपुरबाट काठमाडौं जाने तयारीमा थिए । बुद्ध एयरको टिकट लिएर उनी जनकपुर विमानस्थलमा पुगे ।

विमानस्थलको भीआईपी कक्षमा मिर्गौलाका बिरामी समेत रहेका नेपाली कांग्रेस धनुषाका वरिष्ठ नेता दिलिप सहगल पनि थिए । उनलाई उपचारका लागि यथासक्य छिटो काठमाडौं पुग्नु थियो ।

चिनियाँ राष्ट्रपति शी चिनफिङको भ्रमणका कारण उडान स्थगित गर्नुपरेकाले २७ गते २ उडान थप गरिएको थियो । बिरामी नेता सहगलले थपिएको उडानमा काठमाडौं जान चाहेका रहेछन्, तर लगिएन । त्यसपछि शेड्युल फ्लाइटमै जाने भनेर उनी कुरिरहेका थिए ।

त्यो दिन जनकपुरबाट भएका बुद्ध एयरका ५ उडानमध्ये तेस्रो उडानका यात्रु थिए, सांसद साह र नेता सहगल । बिरामीलाई पहिलेका उडानमा नलगिएकोमा रिसाएका सांसद साह तेस्रो उडान समेत समयमा नभएपछि आक्रोशित बने । नागरिक उड्डयन कार्यालय जनकपुरको तथ्यांक हेर्दा उक्त उडान २ घण्टा ३४ मिनेट ढिला भएको देखिन्छ । 

त्यसक्रममा सांसद साहले विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरे अनि भीआईपी कक्षको टेबुल र शिशाको गिलास समेत फुटाए ।

कर्मचारीलाई अभद्र व्यवहार गरेको र विमानस्थलमा कोलाहल मच्चाएको आरोप समेत लगाएर बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर विजयप्रसाद सिंहले सोही दिन नागरिक उड्डयन कार्यालय जनकपुरमा उजुरी गरेका थिए ।

सिंहको उजुरीपछि नागरिक उड्डयन कार्यालय जनकपुरका विमानस्थल प्रमुख सन्तोष ढकालले सोही बेहोराको लिखित उजुरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिए । नागरिक उड्डयन कार्यालयको तर्फबाट जाहेरी परेपछि प्रहरी एक्सनमा उत्रिएको थियो ।

घटना भएकै दिन विमानस्थलमा गएर मुचुल्का तयार पारिएको थियो । घटनाको भोलिपल्ट धनुषा जिल्ला अदालतबाट आरोपित सांसद साहलाई पक्राउ गर्नका लागि अनुमति लिएर पक्राउ पूर्जी काठमाडौं पठाइयो किनकी सांसद साह काठमाडौंमै थिए ।

संसदीय टोलीसँगै अनुगमनका लागि ओखलढुंगा जान लाग्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । सोही दिन कडा सुरक्षाका बीच साँझ जनकपुर ल्याइयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक एसपी शेखर खनालका अनुसार सांसद साहलाई गैरसैनिक हवाइ उडान (सिभिल एभिएसन ) ऐन, २०१५ को दफा ९ को (छ ) बमोजिमको कसूरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । कसूर ठहर भए ५ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने खनाल बताउँछन् ।

जनताको जिम्मेवार प्रतिनिधिको व्यवहार संयमित र मर्यादित हुनैपर्छ । सांसदलाई समेत कुनै पनि बहानामा विमानस्थल तोडफोड गर्ने छुट छैन । तर, यहाँ भुल्नु नहुने अर्को तथ्य के पनि हो भने जनकपुरबाट हुने अधिकांश उडानमा ढिलाइ हुने गरेको छ ।

सांसद साहलाई उनको गल्तीको सजाय अदालतले देला, तर कहिल्यै समयमा नउड्ने बुद्ध एयरले चाहिँ कहिले सजाय पाउने ? 

उडानमा जहिल्यै ढिलाइ !

सांसद साहले तोडफोड गरेपछि डोमेस्टिक उडानमा विमानहरू समयमा नउड्ने गरेको तथ्यलाई सतहमा ल्याइदिएको छ । जनकपुरबाट काठमाडौंका लागि उडान गर्ने बुद्ध एयरको विमान कहिल्यै निर्धारित समयमा नउड्ने गरेको यात्रुहरूको गुनासो रहँदै आएको छ ।

बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर विजयप्रसाद सिंह भने विगतमा उडान ढिला हुने गरेको भएपनि अहिले समयमै उड्ने गरेको दाबी गर्छन्, तर उनको दाबी झुटो रहेको नागरिक उड्डयन कार्यायल जनकपुरमा रहेको अभिलेख केलाउँदा पुष्टि हुन्छ ।

लोकान्तरले नागरिक उड्डयन कार्यालय जनकपुरमा पुगेर उदाहरणका रूपमा २०७६ वैशाख र असोज महिनाको अभिलेख केलाउँदा समस्या सेवाग्राहीले भनेजस्तै रहेको पाइयो ।

वैशाख महिनामा बुद्ध एयरले जनकपुरबाट दैनिक दुई उडान गरेको थियो । पहिलो उडान बिहान ११ः२० र दोस्रो उडान साँझ ५ः१५ मा भएको थियो । तथ्यांक हेर्दा पहिलो उडान कहिल्यै समयमा भएको देखिँदैन, दोस्रो उडान भने केही दिन समयमा भएका छन् ।

वैशाख १ गतेको पहिलो उडान स्थगित भयो । काठमाडौंबाट जनकपुरका लागि उडान भरेपनि खराब मौसमका कारण जनकपुरबाट बिहान काठमाडौं फर्किन सम्भव भएन । 

वैशाख २ गतेको पहिलो उडान २ घण्टा ढिला भएको थियो भने दोस्रो उडानमा विमान निर्धारित समयभन्दा २० मिनेट ढिला गरी उड्यो ।

वैशाखमा उडान कुन दिन कति ढिला ? (सूची)

वैशाख १ : पहिलो उडान स्थगित, दोस्रो समयमै ।
वैशाख २ : पहिलो उडान २ घण्टा र दोस्रो २० मिनेट ढिला ।
वैशाख ३ : पहिलो उडान ३ घण्टा र दोस्रो २५ मिनेट ढिला ।
वैशाख ४ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३५ मिनेट ढिला ।
वैशाख ५ :पहिलो उडान ५० मिनेट ढिला र दोस्रो समयमै ।
वैशाख ६ : पहिलो उडान १ घण्टा र दोस्रो १० मिनेट ढिला ।
वैशाख ७ : पहिलो उडान ४० मिनेट र दोस्रो १० मिनेट ढिला ।
वैशाख ८ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख ९ : पहिलो उडान २ घण्टा र दोस्रो १५ मिनेट ढिला ।
वैशाख १० : पहिलो उडान २ घण्टा र दोस्रो४५ मिनेट ढिला ।
वैशाख ११ : पहिलो उडान ४ घण्टा ढिला र दोस्रो स्थगित ।
वैशाख १२ : पहिलो उडान साढे २ घण्टा र दोस्रो ४५ मिनेट ढिला ।
वैशाख १३ : पहिलो उडान डेढ घण्टा र दोस्रो ४० मिनेट ढिला ।
वैशाख १४ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १५ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १६ : पहिलो उडान पौने २ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १७ : पहिलो उडान सवा २ घण्टा र दोस्रो ४५ मिनेट ढिला ।
वैशाख १८ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख १९ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २० : पहिलो उडान साढे २ घण्टा र दोस्रो आधा घण्टा ढिला ।
वैशाख २१ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २२ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २३ : पहिलो उडान ४५ मिनेट ढिला र दोस्रो समयमै ।
वैशाख २४ : पहिलो उडान डेढ घण्टा ढिला र दोस्रो समयमै ।
वैशाख २५ : पहिलो उडान डेढ घण्टा र दोस्रो ४० मिनेट ढिला ।
वैशाख २६ : पहिलो उडान पौने ३ घण्टा र दोस्रो १ घण्टा ढिला ।
वैशाख २७ : पहिलो उडान २ घण्टा र दोस्रो ३० मिनेट ढिला ।
वैशाख २८ : पहिलो उडान २ घण्टा र दोस्रो ३० मिनेट ढिला ।
वैशाख २९ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो उडान स्थगित ।
वैशाख ३० : पहिलो र दोस्रो दुवै उडान स्थगित ।
वैशाख ३१ : पहिलो उडान १ घण्टा ढिला र दोस्रो समयमै ।

माथिको तथ्यांक हेर्ने हो भने दिनको पहिलो उडानमा बुद्ध एयर जनकपुरबाट कुनै पनि दिन समयमा उडेको देखिँदैन । अधिकत् ४ घण्टादेखि न्यूनतम ४० मिनेटसम्म डिले भएको छ । 

३१ मध्ये २८ वडा उडान १ घण्टादेखि ४ घण्टासम्म डिले भएका छन् । ३ वटा उडान मात्र १ घण्टाभन्दा कम समय डिले भएको देखिन्छ । 

यो तथ्यंकले यात्रुहरूले भोगिरहेको सास्तीलाई छर्लङ्ग पार्छ ।

अब चलिरहेको महिना असोजको तथ्यांक हेरौं । गएको जेठयता दैनिक ३ उडान हुँदै आएको छ । पहिलो उडान बिहान ९ः४०, दोस्रो दिउँसो २ः२० र तेस्रो साँझ ५ः०० बजेका लागि तोकिएको छ । तेस्रो अर्थात् साँझको उडानमा वैशाख महिनाको जस्तै केही ढिलाइ हुन्छ, तर पहिलो र दोस्रो उडान ३/४ घण्टासम्म डिले हुने गरेको छ ।

दैनिक ३ उडानमध्ये असोज महिनामा भएका पहिलो र दोस्रो उडानको सूची हेरौं ।

असोजमा उडान कुन दिन कति ढिला ? (सूची)

असोज १ : पहिलो उडान पौने ३ घण्टा र दोस्रो डेढ घण्टा ढिला । 
असोज २ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ३ : पहिलो उडान डेढ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ४ : पहिलो उडान आधा घण्टा र दोस्रो डेढ घण्टा ढिला ।
असोज ५ : पहिलो र दोस्रो दुवै उडान १–१ घण्टा ढिला ।
असोज ६ : पहिलो उडान २ घण्टा र दोस्रो १ घण्टा ढिला ।
असोज ७ : पहिलो उडान २ घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ८ : पहिलो उडान २ घण्टा र दोस्रो ३ घण्टा ढिला । 
असोज ९ : पहिलो उडान डेढ घण्टा र दोस्रो २ घण्टा ढिला ।
असोज १० : पहिलो उडान आधा घण्टा र दोस्रो ३ घण्टा ढिला ।
असोज ११ : पहिलो उडान आधा घण्टा र दोस्रो ३ घण्टा ढिला । 
असोज १२ : पहिलो उडान आधा घण्टा र दोस्रो साढे २ घण्टा ढिला । 
असोज १३ : पहिलो उडान पौने ३ घण्टा ढिला, दोस्रो समयमै ।
असोज १४ : पहिलो र दोस्रो दुवै उडान १–१ घण्टा ढिला ।
असोज १५ : पहिलो उडान समयमै र दोस्रो उडान ३ घण्टा ढिला ।
असोज १६ : पहिलो उडान समयमै र दोस्रो उडान १ घण्टा ढिला ।
असोज १७ : पहिलो उडान समयमै र दोस्रो उडान १ घण्टा ढिला । 
असोज १८ : पहिलो उडान समयमै र दोस्रो आधा घण्टा ढिला । 
असोज १९ : पहिलो उडान १ घण्टा र दोस्रो ४० मिनेट ढिला । 
असोज २० : पहिलो र दोस्रो दुवै समयमा ।
असोज २१ : पहिलो उडान ४० मिनेट र दोस्रो आधा घण्टा ढिला । 
असोज २२ : पहिलो र दोस्रो दुवै समयमा ।
असोज २३ : पहिलो उडान समयमै र दोस्रोे डेढ घण्टा ढिला । 
असोज २४ : पहिलो उडान समयमै र दोस्रो १ घण्टा ढिला । 
असोज २५ : दुई उडान समयमै तेस्रो स्थगित ।
असोज २६ : पहिलो समयमा, दोस्रो र तेस्रो उडान स्थगित (शी चिनफिङको भ्रमण) ।
असोज २७ : पहिलो उडान २५ मिनेट, दोस्रो १५ मिनेट, तेस्रो २ घण्टा ३४ मिनेट, चौंथो ४० मिनेट र पाचौं ३० मिनेट ढिला । (शीको भ्रमणका कारण २६ गते स्थगित भएका उडानहरू पनि थपिएको)
असोज २८ : पहिलो २ घण्टा २४ मिनेट, दोस्रो ३ घण्टा ४५ मिनेट ढिला ।
असोज २९ : पहिलो २ घण्टा ५० मिनेट, दोस्रो ३ घण्टा मिनेट ढिला ।

वैशाखमा दिनको दोस्रो उडानमा केही सन्तोषजनक अवस्था रहेपनि असोजमा आउँदा दोस्रो उडान समेत ३ घण्टासम्म ढिला भएको देखिन्छ । उडान डिले हुने समस्यामा अहिले सुधार आएको भन्ने बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर विजयप्रसाद सिंहको दाबी शत्प्रतिशत झुटो रहेको यसबाट पुष्टि हुन्छ ।

बाहिरैको समस्या देखाएर पन्छिने काम !

उडानमा ढिलाइ किन हुन्छ भनेर सोध्दा जिम्मेवार अधिकारीहरूले बाहिरी समस्यालाई कारण देखाउँछन् । जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालका अनुसार जनकपुरमा विमान डिले हुनुको प्रमुख कारण त्रिभुवन विमानस्थल हो । ‘काठमाडौंमै पालो कुर्दाकुर्दै ढिला हुने गरेको छ,’ ढकालले भने, ‘पालो कुर्न जमिनमा वा आकाशमै प्लेन होल्ड गर्नुपर्ने हुँदा समस्या भएको हो ।’

विमानस्थलको ग्राउण्ड समय २० मिनेट जति दिएको हुन्छ, त्यही समयमा विमानको सरसफाइदेखि इन्धन भर्ने समेत काम गर्नु पर्दा समेत ढिला हुने गरेको जनकपुर विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर मोहनकुमार ठाकुर बताउँछन् । 

तर, खास समस्या बुद्ध एयरको टाइट शेड्यूल र कम विमान रहेको स्रोतको दाबी छ । जनकपुरबाट उड्नुपर्ने विमान सोही समयमा अर्कै ठाउँबाट उडिरहेको अवस्था समेत देखिन्छ । बुद्ध एयरका जनकपुरस्थित स्टेसन म्यानेजर सिंहपनि टाइट शेड्यूल रहेको कुरालाई भने स्वीकार्छन् ।

जनकपुरबाट बुद्धका अलावा यति एयरलाइन्सले पनि उडान गर्छ । तर, यतिको विमान उड्न बुद्धको जस्तो ढिला नहुने गरेको यात्रुहरू बताउँछन् ।

विमानस्थलमा उडानको निर्धारित समयभन्दा आधा घण्टादेखि १ घण्टा पहिले नै यात्रुहरू पुग्ने गर्छन्, ४ घण्टासम्म ढिला हुँदा गाडीमै गन्तव्यमा पुग्नेजति समय विमानस्थलमा कुर्दैमा बित्ने गरेको छ । समय सबैका लागि महत्त्वपूर्ण छ, अझ बिरामीहरूले त समयमै उपचार नपाउने खतरा झनै चिन्ताजनक छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x