कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
गलकोट – ‘चिया’ भन्ने बित्तिकै धेरैले इलाम जिल्लालाई सम्झन पुग्छ । चिया बगानकै कारण देशभित्र र बाहिर यो जिल्ला प्रख्यात छ ।
हिजोआज अन्य जिल्लामा पनि व्यावसायिक चिया खेती गर्न थालिएको छ । पछिल्लो समय बागलुङ व्यावसायिक चिया खेती हुने जिल्लाको पङ्क्तिमा देखापर्न थालेको छ ।
तीन वर्ष अघिसम्म क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा बाहेक पश्चिमाञ्चल विकास क्षेत्रमा व्यावसायिक चिया खेतीको अभ्यास निकै कम थियो । चिया खेतीका लागि उच्च पहाडी र भिरालो जमीन उपयुक्त हुने भएका कारण पहाडी क्षेत्रमा चिया खेतीतर्फको आर्कषण बढ्दो छ ।
बागलुङ जिल्लामा तीन वर्ष अघिदेखि व्यावसायिक रुपमा चिया खेती गर्न थालिएको हो । त्यसअघि पूर्व ऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा लगायतको अगुवाइमा साविकको अमरभूमि गाविसको सिरबारेमा गोल्डेन टी स्टेट कम्पनीमार्फत व्यावसायिक चिया खेती शुरू गरिएको हो ।
कम्पनीले बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ सिरबारेमा ५६२ रोपनी जग्गा खरिद गरेर चिया खेती गरेको थियो । ताराखोला पछि बागलुङ नगरपालिकाले नगरका विभिन्न स्थानमा चिया खेतीको सम्भाव्यता अध्ययन गरेर परीक्षण स्वरुप चियाका बोट लगाएको छ । दुई वर्ष पहिले सिगानामा चियाको व्यावसायिक खेती थालिएको हो भने हालै मुख्यमन्त्री वातावरणमैत्री कृषि गाउँमा छनोट भएको काँठेखोला गाउँपालिका–७ रेशमा चिया खेती गरिएको छ । धम्जा, भकुण्डे र सल्यानमा समेत चिया खेती शुरू गरिएको छ ।
जिल्लामा चिया खेतीको प्रचूर सम्भावना भएकाले प्रारम्भिक अध्ययन पछि जिल्लामै पहिलो पटक व्यावसायिक चिया खेती शुरूगरिएको गोल्डेन टी स्टेट कम्पनीका प्रवन्ध निर्देशक रामजीप्रसाद शर्माले बताउनुभयो । शर्माका अनुसार ५६२ रोपनी जग्गा कम्पनीले खरिद गरेको हो र अहिले १०० रोपनी जग्गामा चिया खेती गरिएको छ । अन्य जग्गामा चिया खेती विस्तारका लागि बृृहत् नर्सरीसमेत निर्माण गरिएको कम्पनीले जनाएको छ । 'हामीले बागलुङमा ठूलो परिणाममा चिया उत्पादन गर्ने लक्ष्य राखेका छौं,' प्रबन्ध निर्देशक शर्माले भने, 'चियामात्र हैन, चियाका बिरुवा समेत बिक्री गर्ने गरी नर्सरी स्थापना गरेका छौं ।'
कम्पनीमा हाल दुई जना चिया प्रविधिज्ञ छन् र दैनिक पाँचदेखि २५ जनासम्मले ज्यालामा काम पाइरहेका छन् । चिया परिपक्व भएर टिप्न पाँच वर्ष लाग्ने भए पनि परम्परागत तरीकाबाटै चिया उत्पादन गर्न थालिएको कम्पनीका प्रविधिज्ञ निर्मल घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार चियाले पूर्ण क्षमतामा उत्पादन दिन पाँच वर्ष लागे पनि तीन वर्ष पछि चिया टिप्न थालिनेछ ।
चियाका दुई प्रकार छन् – सिटिसी र ग्रीन । घिमिरेले भने, 'नेपालमा हाल रुचाइएको ग्रीन चिया हो । यो स्वास्थ्यका लागि पनि लाभकारी मानिन्छ ।' अठार जनाको शेयर रहेको यस कम्पनीले चिया खेतीका लागि जग्गा खरिद, कम्पनी रहेको स्थानसम्म सडकको पहुँच तथा आवास गृह निर्माणमा अहिलेसम्म तीन करोड लगानी गरिसकेको प्रवन्ध निर्देशक शर्माले जानकारी दिए।
चियाको सम्भावना देखेपछि प्रविधिज्ञको सल्लाह अनुसार तीन वर्ष अघि नुवाकोटबाट ४२ हजार चियाका बोट लगाएर शुरूगरिएको चिया बगानमा अहिले ७५ हजार चियाका बिरुवा छन् । वर्षेनी २० देखि २५ हजार चियाका बिरुवा थप्ने गरी आफ्नै नर्सरीमा चियाका बिरुवा उत्पादन भइरहेको छ । 'अहिले परम्परागत प्रविधिबाट थोरै परिणाममा चिया उत्पादन गर्न थालेका छौं,' प्रबन्ध निर्देशक शर्माले भने, 'दुई वर्षपछि चिया प्रशोधन औजार खरिद गरी चियाको बजारीकरण गर्ने योजना छ ।' उनका अनुसार जिल्लामा अन्य व्यक्ति वा समूहले उत्पादन गरेको चियालाई समेत यसै कम्पनीमार्फत प्रशोधनको व्यवस्था मिलाउने लक्ष्य राखिएको छ ।
बागलुङ नगरपालिकाले नगरभित्र चिया खेतीको सम्भाव्यता अध्ययन गरेर दुई वर्ष पहिला बागलुङ नगरपालिका–८ सिगानामा १० हजार चियाका बिरुवा अनुदानमा कृषकहरुलाई वितरण गरेको थियो । अहिले त्यहाँका कृषकहरुले चियाका बिरुवाको सङ्ख्या १४ हजार पुर्याएको वडाध्यक्ष राजन जिसीले बताए। 'नगरले वर्षेनी चिया खेती विस्तारका लागि अनुदानमा बिरुवा वितरण गर्दै आएको छ,' वडाध्यक्ष जिसीले भने– 'चिया खेतीका लागि कृषकहरु उत्साहित भएका छन् ।'
बाँझो जमीनमा चिया खेती होला भन्ने नसोचेका सिगानाका चिया कृषक खिमबहादुर खड्का स्वयं चिया खेतीमा लागि परेका छन् । उनले आफ्नो बाँझो जग्गामा दुई हजार चियाका बिरुवा लगाएका छन् । बानपा – १० भकुण्डेमा पनि चिया खेतीको परीक्षण गर्न बिरुवा लगाइएको छ ।
काठेखोला गाउँपालिकामा कतै चिया खेती त कतै परीक्षण थालिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँमा छानिएको काठेखोला गाउँपालिका–७ रेशका कृषकहरु पनि हौसिएर चिया खेतीतर्फ लागेका छन् । रेशमा हालै मात्र १४ हजार चियाका बिरुवा लगाइएको छ ।
रेशका कृषकहरु अहिले चियाका बोट काँटछाँट र स्याहारमा व्यस्त छन् । 'अन्य खेती भन्दा चिया खेतीको राम्रो सम्भावना भएका कारण मुख्यमन्त्री कार्यक्रममा चिया खेती समावेश गरिएकोे रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए।
काठेखोलाकै धम्जामा पनि यस वर्ष १४ हजार चियाका बिरुवा लगाइएको छ । धम्जाको युनिक आधारभूत विद्यालयले सात हजार र निजी स्तरबाट थप सात हजार चियाका बिरुवा लगाइएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष केशव थापाले जानकारी दिए।
समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने चिया प्रविधिज्ञ निर्मल घिमिरे बताउनुहुन्छ । माटोको अवस्था, चिस्यान, भिरालो जग्गा तथा हावा नछेक्ने खुला भू–बनोटमा चिया खेती फस्टाउने प्रविधिज्ञ घिमिरेको अनुभव छ । बागलुङका गाउँ गाउँमा चिया खेती विस्तार हुन थालेका कारण केही वर्षभित्रै जिल्लाबाट अन्यत्र चिया निर्यात हुनेमा यहाँका चिया उद्यमी कृषकहरु धुक्क देखिन्छन् । खेमराज गौतम, रासस
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...