एनआईसी एसिया बैंकका ग्राहकले वर्ल्डलिंकको बिल तिर्दा ३ सयसम्म क्यासब्याक पाउने

काठमाडौं – एनआईसी एसिया बैंक र वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेडबीच डिजिटल भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

सम्झौताबमोजिम एनआईसी एसिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्डलिंकको इन्टरनेट बिल, मोबाइल बैंकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३००/ सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।


Advertisement

वर्ल्डलिंकका ग्राहकले कुनैपनि बैंकको मोबाइल बैकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिंकका कुनै पनि आउटलेट तथा शाखाहरूबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र वर्ल्डलिंक लि.को तर्फबाट वर्ल्डलिंकका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् ।

एनआईसी एसियाका मुलुकभर ३०१ शाखा कार्यालय, ३७८ एटीएम, ८४ वटा एक्स्टेन्सन काउन्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनैपनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

कमेन्ट गर्नुहोस्