बुर्किनाफासो आक्रमणमा ५ जनाको मृत्यु

बुर्किनाफासो- उत्तरी बुर्किनाफासोमा शनिवार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको सेनाले जनाएको छ ।

आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु हुनुका साथै अरु ११ जना घाइते भएका छन् ।


Advertisement

सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख छ । 

सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ । यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन् । 

पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरू भइरहेका छन् । अघिल्लो हप्ता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो । 

Photo : France24

कमेन्ट गर्नुहोस्