चीनले नेपाललाई विपद व्यवस्थापनका लागि १ सय ५० मिलियन युआन दिने

काठमाडौँ -उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेई फेङबीच आइतवार चीन सरकारले नेपाली सेनालाई १ सय ५० मिलियन युआन बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

चीनको राजधानी बेइजिङमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । 


Advertisement

चीनका राष्ट्रपति शीचिनफिङको नेपाल भ्रमणका अवसरमा चीनले नेपाल सरकारलाई उक्त सहायता उपलब्ध गराउने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार आइतवार नेपाल र चीन सरकारबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौताअन्तर्गत मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटोकलमा समझदारी गरेबमोजिम आगामी तीन वर्षको अवधिमा नेपाललाई हस्तान्तरण हुनेछ ।
 

कमेन्ट गर्नुहोस्