वैज्ञानिकहरूले पत्ता लगाए क्यान्सरप्रतिरोधी प्रोटीन

कलेजोको अनियन्त्रित क्यान्सर फैलिनबाट रोक्नका लागि वैज्ञानिकहरूले एक विशेष किसिमको प्रोटीन पत्ता लगाएका छन् । क्यान्सरप्रतिरोधी यो प्रोटीनलाई एलएचपीपी नाम दिइएको छ ।

नेचर नामक जर्नलमा प्रकाशित यो अनुसन्धानका अनुसार एलएचपीपीले कलेजोको क्यान्सरको पहिचान र निदानमा बायोमार्कर अर्थात् जैविक स्थितिको जानकारी दिन्छ । 


Advertisement

साधारणतया कलेजोको क्यान्सर धेरै ढिलो गरी पत्ता लाग्छ । क्यान्सर निकै गहिरो भएपछि मात्र र कलेजो गम्भीर रूपमा क्षतिग्रस्त भएपछि मात्र थाहा पाइन्छ । अनि रोगको उपचार कठिन हुन्छ । 

अनुसन्धानकर्ताहरूका अनुसार, क्यान्सरप्रतिरोधी यस प्रोटीनबाट चिकित्सकहरूलाई राम्रो उपचारको विकल्प प्राप्त भएको छ । अनुसन्धानका लेखक र स्विट्जरल्यान्डस्थित बासेल विश्वविद्यालयमा आबद्ध स्रावन्त हिन्दुपुरले बताए, ‘एलएचपीपी स्वस्थ कोशिकामा बस्छ र ट्युमर भएको कोशिकामा यो पटक्कै हुँदैन ।’

एजेन्सी
 

कमेन्ट गर्नुहोस्