जुवा खेलिरहेका १८ जना पक्राउ

कावासाेती –जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राति १ः३० बजेको समयमा देवचुली नगरपालिका–६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ती जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।


Advertisement

जुवा खेलिरहेका उनीहरुको साथबाट प्रहरीले रु एक लाख ४२ हजार ९४० समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए।

चाडपर्वको समयमा जुवातास खेल्ने क्रम धेरै भएपछि प्रहरीले जुवातास रोक्नलाई जोड दिएको छ । प्रहरीले चाडपर्व शुरू भएलगतै जुवाताल खेलाउने स्थानको विशेष निगरानी राख्दै आएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए।

जुवातासका कारण सामाजिक समस्या निम्तिने हुँदा आफूहरुले यसको नियन्त्रण गर्न लागिपरेको उनले बताए। प्रहरीले पछिल्ला दिनमा नवलपुरका विभिन्न स्थानबाट जुवातास खेल्नेलाई धमाधम पक्राउ गरिरहेको छ । 
 

कमेन्ट गर्नुहोस्