×

NMB BANK
NIC ASIA

अफगानिस्तानमा युद्धविरामका लागि इयुको आह्वान

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

इयुका अधिकारीहरुले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीहरूसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाएका थिए ।
 
तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गरेका थिए । 


Advertisment
Nabil box
Kumari

त्यसलगत्तै तालिबानप्रति निकै आक्रोषित हुनुभएका उहाँले तालिबान लडाकूहरुसँगको वार्ता मृतप्रायः भएको बताएका थिए । 

Vianet communication
Laxmi Bank

अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गरेका थिए। 

यस युद्धविरामबाट तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र यदि यसो हुन सक्यो भने त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् । 

अफगानिस्तानका लागि इयूका विशेष दूत रोलान्ड कोबियाले वार्ताले युद्धविरामको लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने बताउनुभयो । उहाँले यसले वार्तालाई पुनः सुरु गर्ने बारे छलफल गर्ने पनि बताएको समाचारमा जनाइएको छ ।  

‘युद्धविरामका लागि यो उचित र सही क्षण हो । हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो,’ उनले भनेका छन् । 

कोबियाले काबुलका पत्रकारहरूसमक्ष भनेका छन्, 'यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ र यसलाई अफगानिस्तान सरकार र तालिबानहरुले पनि उचित अवसरका रुपमा लिन सक्नुपर्छ ।'

यसैबीच अफगानिस्तानमा हिंसा भने निरन्तर रुपमा नै जारी रहेका समाचारहरु आइरहेका छन् । गत शुक्रवार मात्र पनि यहाँको एक प्रान्त नन्गाहारमा अवस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो ।

त्यस यता पनि छिटपुट रुपमा हमलाका घटनाहरु हुने गरेका छन् । अफगानिस्तानमा हिंसा जारी राखेका तालिबानहरुले विशेषगरी यहाँका सुरक्षाकर्मी र सर्वसाधारणलाई पनि तारो बनाउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x