मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कात्तिक ४, २०७६
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आइतवार वीरगञ्जको स्थानीय रेडियो आवाज एफएममा अन्तर्वार्ता दिँदै पार्टीभित्रै केही व्यक्तिहरूले पार्टी सिध्याउन खोजेको आरोप लगाए ।
नेता नेपालको आरोप अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच केही खटपट रहेको चर्चाबीच आएको छ । ‘केही व्यक्तिहरू पार्टीभित्रै छन्, जसले पार्टी सिध्याउन खोजिरहेका छन्,’ अन्तर्वार्ताका क्रममा नेता नेपालले भने, ‘त्यस्तालाई कारवाही गर्न हामीले सकिरहेका छैनौं ।’
२ ठूला कम्युनिस्ट पार्टी मिलेर एक बनेको नेकपाभित्र यी र यस्ता विवाद पटक–पटक देखिने गरेको कुरा नौलो विषय होइन । पछिल्लो समयमा अध्यक्षद्वयबीच केही अन्तरविरोध पैदा भइरहेको जस्तो देखिएको छ । यद्यपि नेकपाका कतिपय नेताहरू ‘जिउँदो’ पार्टीभित्र विचारमा मतभेद हुने कुरा सामान्य रहेको प्रतिक्रिया दिने गरेका छन् ।
प्रचण्डनिकट नेताहरूले पार्टी एकताताका भएको ५ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासिन देखिएको आरोप लगाउने गर्छन् । स्वयम् प्रचण्ड पनि आफूनिकट नेताहरूको छलफलमा पार्टी एकताको स्पिरिट अनुसार नचलेको गुनासो गर्ने गरेका छन् ।
केही समयअघि पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई पार्टी बैठकको अध्यक्षता गर्न नदिइएकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए । गजुरेल प्रचण्डनिकट नेता हुन् । कतिपय नेताहरू भने अहिलेको परिस्थितिलाई ‘पर्ख र हेर’को रूपमा लिएका छन् । अध्यक्षद्वयबीच बढेको विश्वासको संकटलाई दुवै अध्यक्ष मिलेर हल गर्नुपर्ने धारणा राख्ने गर्छन् ।
ओली नयाँ सहमतिको खोजीमा !
आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन गर्ने हो भने त्यसका लागि नयाँ सहमति चाहिने ओलीले सार्वजनिक रूपमै प्रष्ट पारिसकेका छन् । शनिवार एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ओलीले आलोपालो सम्झौता कार्यान्वयनका लागि थप नयाँ सम्झौता हुनुपर्ने बताए ।
‘मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला,’ ओलीले भने, ‘समझदारीका साथ हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो ?’
अन्तर्वार्तामा घुमाउरो पारामा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि निशाना साँधेका थिए । आलोपालो सहमति कार्यान्वयन भएन भन्दै नेताहरूसँग प्रचण्डले गुनासो गरेको राजनीतिक वृत्तमा सुनिन थालेपछि ओलीले अन्तर्वार्तामार्फत जवाफ दिए, ‘अस्थिरता देखिने गरी ‘छोडिदिनुपर्यो, ल..ल.. अब छोडिदिइहाल्नुपर्यो’ जतिबेर पनि, जोसँग भेट भएपनि, जहाँ पनि, जसले पनि यो कुरा गर्नुको अर्थ समझदारी खल्बल्याउने प्रयास हो ।’
दशैंलगत्तै प्रचण्डले अन्य सचिवालय सदस्यहरूसँगको भेटघाट बाक्लो पारेका थिए । वरिष्ठ नेता नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग प्रचण्डले भेट गरे । सबै भेटमा कुनै न कुनै रूपमा अध्यक्ष ओलीको कार्यशैलीमाथि टिप्पणी भएको थियो ।
‘पार्टी एकताताका भएका सहमतिहरू पूर्ण रूपले पालना गर्ने हो भने विवादको कुनै गुञ्जायस नै रहँदैन,’ प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, ‘सहमति नयाँ–नयाँ चाहिने तर एकताताका भएका सहमतिहरू पालना गर्न नखोज्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ । फेरि पनि अध्यक्षद्वयले निरन्तरको छलफलबाट यस्ता कुराहरू समाधान गर्नुको विकल्प छैन ।’
प्रचण्डलाई प्रधानमन्त्री बन्न कुनै हतारो नरहेको उनको दाबी छ । ‘आलोपालो सहमति कुनै विशिष्ट समयमा भएको थियो, त्यसको कार्यान्वयनका लागि थप समझदारी हुन आवश्यक पर्न सक्छ,’ उनले भने, ‘तर एकताताका अर्को भद्र सहमति पनि भएको थियो, सरकार ओली कमरेडले चलाउने र पार्टी प्रचण्ड कमरेडले चलाउने । कमसेकम दुईमध्ये कुनै एउटा कार्यान्वयन गर्ने दिशातर्फ त जानुपर्यो नि !’
महरालाई बलिको बोको बनाइएकोमा प्रचण्डको आपत्ति !
प्रचण्डले आफ्ना निकटस्थहरूसँगको भेटघाटमा यौन दुर्व्यवहारको आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई फसाउन ठूलै चलखेल रहेको बताउने गरेको स्रोत दाबी गर्छ ।
त्यसदिन पीडित भनिएकी रोशनी शाहीको घरमा पुगेपनि महराले दुर्व्यवहार नगरेको प्रचण्डको बुझाइ छ । यद्यपि सभामुख जस्तो मान्छे त्यसरी जानु नै गल्ती भएको भन्दै राजीनामासम्म गराउने सोचमा उनी थिए तर प्रक्रिया धेरै अघि बढ्यो । अहिले महराको मुद्दामा अनावश्यक टिप्पणी र चलखेल भएकोमा प्रचण्ड असन्तुष्ट देखिन्छन् ।
प्रधानमन्त्री ओलीले सोही अन्तर्वार्ताका क्रममा महरालाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) बीच भएको अनुदान सहायतालाई संसदबाट पारित हुनबाट रोकेको आरोप लगाए ।
तर प्रचण्डको बुझाइमा ओलीकै दबाबमा महराले संसदको कार्यव्यवस्था परामर्श समितिमा विषय प्रवेश गर्नबाट रोकेका थिए । २०७५ माघ अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको अनुदान सहायतालाई ओलीले तत्काल संसदमा नलैजान आग्रह गरेका हुन् ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव लगेपनि कार्यव्यवस्था परामर्श समितिको छलफलमा त्यो विषय परेन । यदि अनुदान सहायता संसदबाट अनुमोदन भएको भए नेपाल घोषित रूपमै इन्डो–प्यासिफिक रणनीतिमा आबद्ध रहेको सन्देश जान्थ्यो । त्यसले चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण अनिश्चित बनाउने सम्भावना रहन्थ्यो ।
एमसीसी सहायता अनुदान संसदबाट अनुमोदन नगराएको भन्दै हिरासतमा रहेका महरालाई दोषी देखाएका ओलीले चिनियाँ राष्ट्रपति शी फिर्ता भएलगत्तै इन्डो–प्यासिफिकको सेवा गर्न थालेको भन्दै प्रचण्ड झस्किएका छन् ।
‘टु प्लस वान’ र सिधै ‘थ्री’को लफडा
गत शनिवार राजधानीस्थित भृकुटीमण्डपमा आयोजित नेकपाको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले चीन, भारत र नेपालबीच ‘टु प्लस वान’को सम्बन्ध अघि बढेको बताए ।
आफू दुवै छिमेकीको भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव अघि सार्दै आइरहेको स्मरण गर्दै प्रचण्डले भने, ‘म चीन भ्रमणमा जाँदा वा भारत भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव अगाडि सार्दै आएको थिएँ । ‘टू प्लस वान’ गरेर शी र मोदीबीच छलफल अगाडि बढ्न थालेको छ ।’
‘टु प्लस वान’ भनेको भारत र चीनको व्यापारिक साझेदारीभित्र नेपाल प्रवेश गरेर फाइदा लिने अवधारणा हो तर ओलीले यो अवधारणालाई खारेज गरे ।
‘टु प्लस वान’ होइन, ‘थ्री’ नै हो,’ ओलीले भने, ‘किन टु प्लस वान मान्ने ?’ भारत–चीन र नेपालबीचको सम्बन्धलाई बराबरी अस्तित्वका आधारमा हुनुपर्ने र छिमेकीको बीचमा घुसेर फाइदा लिन राम्रो नहुने ओलीको आशय छ ।
यो तथ्यले कुन रणनीतिका आधारमा त्रिदेशीय साझेदारी गर्ने भन्ने विषयमा पनि प्रचण्ड र ओलीबीच समान बुझाइ नभएको बरू समानान्तर बुझाइ भएको प्रष्ट पार्छ ।
पार्टी एकता प्रक्रियामा दुवै सहमत तर अझै अपूरो
१६ महिनाअघि पार्टीको केन्द्रीय कमिटीको एकीकरण गर्ने बेलामा ३ महिनाभित्र एकताका बाँकी कामहरू पूरा गर्ने प्रतिबद्धता गरेका थिए दुवै अध्यक्षले तर हालसम्म पनि पार्टीभित्रको एकताले पूर्णता पाएको छैन ।
नेकपाले अब केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास विशेष कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ ।
महत्त्वपूर्ण र ‘हेभीवेट’ कमिटीहरू एकता गरिसकेको नेकपाभित्र एकताका बाँकी कामहरू पूरा गर्ने प्रक्रियामा कुनै अवरोध देखिँदैन तर किन एकता प्रक्रियाले पूर्णता प्राप्त गर्न सकिरहेको छैन त ? यसको जवाफमा एक स्थायी कमिटी सदस्य भन्छन्, ‘एकतादेखि अहिलेसम्म आउँदा एउटा न एउटा विवाद बल्झिरहेको देखिन्छ । विवाद नभएका बेलामा महत्त्वपूर्ण कामहरू आइलाग्छन् । त्यसैले ढिलाइ हुन गएको हो ।’
विधि र पद्धति कुल्चने अनि कुण्ठा पाल्ने ?
स्थायी र केन्द्रीय कमिटी सदस्यहरूले बैठक नबसेकोमा गुनासो गरिरहेका छन् । विधि र प्रक्रिया मिचेर पार्टी अघि बढ्न खोजेको भन्दै नेतृत्वलाई पटक–पटक असफल दबाब दिने गरेका छन् तर अध्यक्षद्वयले टेरपुच्छर नलगाएको गुनासो उनीहरूको छ ।
स्थायी कमिटी सदस्य घनश्याम भुसाल विधि र प्रक्रियामा नजाँदा नेकपाभित्र समस्या आएको बताउँछन् । ‘पार्टीभित्र हरेक समस्या समाधान गर्ने विधि र प्रक्रिया छ,’ लोकान्तरसँग कुरा गर्दै भुसालले प्रतिप्रश्न गरे, ‘सहमति कार्यान्वयन भएन भन्दै दुःखेसो गर्दै हिँड्नुको के अर्थ छ ?’
अध्यक्षद्वयबीच भएको सहमति औपचारिक रूपमा स्थायी र केन्द्रीय कमिटी बैठकमा पेश नभएको र हल्लाका आधारमा आफू बोल्न नसक्ने भुसाल बताउँछन् । ‘यदि सहमति कार्यान्वयनमा समस्या हो भने के सहमति भएको हो, बैठक बोलाएर पेश गर्नुपर्यो । बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘आलोचनाबाट पर भाग्ने, विधि र पद्धति कुल्चने अनि मनमनै कुण्ठा पालेर हुन्छ ?’
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...