नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने – ४२ महिनाभित्र काम सम्पन्न हुनेछ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा काट्नेहरू धेरै भएपनि सरकारले काम गरिरहेको दाबी गरेका छन् । 

नागढुंगा-नौबिसे सुरुङमार्ग शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले दीर्घकालीन महत्त्वको काम गरिरहेको दाबी गरेका हुन् । 


Advertisement

'कुरा गर्ने कुरा गरिरहेका छन्, सरकारले काम गरिरहेको छ,' प्रधानमन्त्री ओलीले भने, 'सरकारले दीर्घकालीन महत्त्वका काम गरिरहेको छ ।' 

प्रधानमन्त्री ओलीले नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण कार्यक्रमको प्रारम्भ भएको भन्दै निर्धारित समय ४२ महिनाभित्र काम सम्पन्न हुने गरी ठेकेदार कम्पनीलाई काम गर्न पनि निर्देशन दिएका छन् ।

'हामीमा समयभित्र काम नसक्ने कमजोरीहरू छन्,' ओलीले भने, 'तोकिएको समय ४२ महिनाभित्र यो सुरुङमार्ग सम्पन्न हुनेछ । ठेकेदारलाई पनि भन्न चाहन्छु, समयभित्र काम सम्पन्न होस् ।'

कमेन्ट गर्नुहोस्