सलमान खानद्वारा प्रवर्द्धित 'बिइङ ह्युमन' नेपालमा बन्द नभएको संचालकको दाबी

काठमाडौँ - भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रवर्द्धित बिइङ ह्यूमन क्लोथिङ’का नेपालका स्टोरहरु थप व्यवस्थित रूपमा संचालनमा आउने भएका छन् ।

थप व्यवस्थित रूपमा संचालनमा ल्याउनलाई केही समय कारोबार स्थगन गरिएको बिइङ ह्यूमनका आउटलेट संचालक राजु थापाले बताएका छन् । 


Advertisement

'हामी अहिले मजबुत टीमको साथमा अझ केही बृहत रुपमा अगाडि आउन खोजिरहेका छौँ,' थापाले भने, 'अहिले भइरहेको भन्दा अझै धेरै ठाँउहरुमा आउटलेट राख्ने योजनमा छौं, त्यसका लागि हामी अहिले केही आन्तरिक गृहकार्य गरिरहेका छौं ।'

उनले पोखराबाहेक काठमाडौंका केहि आउटलेट मात्र बन्द भएको तर, यसलाई कम्पनी नै बन्द भएको रूपमा प्रचार भएको उनको आपत्ति छ ।

थापाले योजनाअनुसार नै केही आउटलेटको कारोवार स्थगन गरेको जानकारी दिँदै भने, 'बिइङ ह्युमन सानो कम्पनी होइन, ठूलो लगानीको कम्पनीको योजना बनाउँदा सहजै हुन्छ भन्ने हुँदैन, अहिले कारोवार स्थगन गरका हौँ तर बिइङ ह्युमन बन्द भएको होइन ।' 

मनीष मन्धानाको नेतृत्वमा रहेको बिइङ ह्युमन कम्पनीले कपडाको व्यापार गर्छ । बिइङ ह्युमन अहिले नेपालमा वस्त्र इन्क नामक कम्पनीको स्वामित्वमा थापा क्षेत्रीले सञ्चालन गरिरहेका छन् । भारतबाट शुरु भएको बिइङ ह्युमन बहराईन, युएई हुँदै नेपाललगायत १५ वटा देशमा फैलिएको छ । विश्वभर यसको ५ सयभन्दा बढी आउटलेट छन् भने नेपालमा काठमाडौंमा तीन र पोखरामा एउटा गरी जम्मा चार आउटलेट छन् । 

 

कमेन्ट गर्नुहोस्