म्यान्मा भ्रमणबाट २ देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति भण्डारी

फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मा भ्रमणबाट नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको छ । 

म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको ५ दिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति भण्डारीले सोमवार ट्विटमार्फत नेपाल र म्यान्माका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताउनुभएको हो । 


Advertisement

राष्ट्रपति भण्डारीले ट्विट गर्दै भन्नुभएको छ, ‘म्यान्माका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट २ देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।’

राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्माको राजकीय भ्रमणमा जानुभएको थियो । उहाँ आइतवारदेखि जापानको भ्रमणमा रहनुभएको छ । 

कमेन्ट गर्नुहोस्