पोखराबाट घुससहित समातिए खरिदार र लेखापढी व्यवसायी

काठमाडौं । मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी  मनोहरि भट्टराई घुुसहित पक्राउ परेका छन् । 

 सेवाग्राहीको  जग्गा नामसारी गरिदिने बहानामा घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको पौडेल र भट्टराईलाई १२ हजार घुससहित पक्राउ गरेको हो । 


Advertisement

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं २९ स्थित मालपोत कार्यालय परिसर नजिकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्