पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
कात्तिक ५, २०७६
सुर्खेत - कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टी नेकपामा भागवण्डा मिलाउन राजनीतिक नेतृत्वलाई फलामको चिउरा चपाउनु सरह मानिएको दैलेखमा बुधबार एकता प्रक्रिया टुंगो लागेको छ ।
एघारवटा स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहमा पूर्व एमाले तथा पाँचवटा स्थानीय तहमा पूर्व माओवादीले नेतृत्व पाएका छन् ।
‘दैलेखमा एक वडा सदस्य बाहेक माओवादीले जनप्रतिनिधि प्राप्त गरेको थिएन,’ एक जिल्ला कमिटी सदस्यले भने, ‘एमाले खेमालाई अन्याय भएको मैले महसुस गरेको छु ।’
नेकपा एमालेको दैलेखमा अत्याधिक बहुमत हुँदा हुँदै पनि पाँच वटा स्थानीय तहको जिम्मा दिनु चित्तबुझ्दो नभएको उनको भनाई छ । ‘कम्तीमा जनाधारको आधारमा पार्टीको नेतृत्व चयन गरिनुपर्ने थियो,’ उनले भने, ‘बढीमा तीन वटा स्थानीय तहको नेतृत्व पूर्व माओवादीलाई दिनुपर्नेमा पाँच वटा दिइएको छ । यो पूर्व माओवादीका लागि सरप्राइज नै हो ।’
नेकपाका अध्यक्ष रविन्द्रराज शर्माले भने पार्टी एकताको मूल मर्म र भावना अनुरुप भागवण्डा गरिएको बताए । ‘यत्रो ठूलो पार्टी संगठनलाई एकता गर्दा केही साथीहरुको चित्त दुख्न स्वाभाविक हो । अधिवेशन आयोजक कमिटि भएका कारण केहि समय असन्तुष्टि रहेपनि यो विस्तारै कम हुँदै जान्छ,’ अध्यक्ष शर्माले भने, ‘जिल्लाभरि हामी पाँच हजार भन्दा बढी कार्याकर्तालाई कमिटिमा आवद्ध गराउँदैछौं ।’
उनका अनुसार हरेक नगर, वडा कमिटिका सचिव र अध्यक्ष, संघीय निर्वाचन तथा प्रादेशिक निर्वाचन क्षेत्रका सबै कमिटीहरू बनाइसकिएको बताए ।
‘अब वडा कमिटीबाहेक केही जनवर्गीय संगठनको काम मात्रै बाँकी रहेको छ । अन्य पार्टी एकताको सबै काम पुरा गरिसकेका छौं,’ उनले भने, ‘केही दिनमै ती कामहरु पनि पुरा भइसक्नेछन् पार्टीले जीवन्त रुप ग्रहण गर्नेछ ।’
कहाँ कसको नेतृत्व ?
नेकपा दैलेखले बुधबार टुंग्याएको पार्टी एकता प्रक्रियामा निम्न कार्यकर्तालाई पार्टी अध्यक्ष, सचिव, इन्चार्ज र सह इन्चार्ज तोकिएको अध्यक्ष शर्माको भनाई छ । संघीय निर्वाचन क्षेत्र नं. १ संयोजकमा तेजबहादुर चन्द, सचिव ललिता रेग्मी तथा दुइ नम्बरमा कुमारविक्रम शाही संयोजक, सुशिल रावत सचिव चयन भएका छन् ।
प्रदेश एकको ‘क’मा कर्ण बहादुर खड्का संयोजक, पदमा शाही सचिव, ख मा कर्ण बहादुर चन्द अध्यक्ष, लिलबहादुर रामजाली सचिव, प्रदेश सभा २ क मा गंगाराम दाहाल अध्यक्ष, ऐनबहादुर कठायत सचिव, २ को ख मा बखतबहादुर भण्डारी अध्यक्ष, अम्मरबहादुर माझी सचिव चयन भएको जिल्ला कमिटि दैलेखले जनाएको छ ।
पालिका स्तरमा नारायण नपा अध्यक्ष लोमन शर्मा, नन्दप्रसाद जैसी सच बने भने इन्चार्ज ताराकेशर धमाला, सह इन्चार्ज तप्ता थापा छनौट भएका छन् । दु्ल्ल् नपामा अध्यक्ष हंसबहादुर खड्का, सचिव रुद्र शाही, तिलक रिजाल इन्चार्ज तथा सह इन्चार्ज टेकबहादुर खडका, चामुण्डा विन्द्रासैनी नपामा अध्यक्ष रविन्द्रबहादुर शाही, सचिव रामबहादुर कार्की इन्चार्ज गगन खडका, सह इन्चार्ज रंग बहादुर तामांग, आठबीस नपा अध्यक्ष ओमजंग शाही, सचिव सिंहराज शाही, इन्चार्ज लक्ष्मीकमल न्यौपाने, सह इन्चार्ज पदम माझी चयन भएको अध्यक्ष शर्माको भनाइ छ ।
यस्तै, ठाँटीकाँध गापा अध्यक्ष उमेश रावत, सचिव लालबहादुर शाही, इन्चार्ज धीरबहादुर शाही, सह इन्चार्ज योगेन्द्र विक्रम थापा, भैरवी गाउँपालिकामा अध्यक्ष हिक्मत विक, सचिव मणिराम विष्ट, इन्चार्ज प्रेम बुढा, सह इन्चार्ज गोपाल कृष्ण रिजाल, महावु गापा अध्यक्ष नमराज शाही, सचिव मिनबहादुर बढा, इन्चार्ज जंगबहादुर शाही, सह इन्चार्ज जंग बराल चयन भएका छन् ।
सह इन्चार्ज सन्तोष चन्द,भगवतीमाई गापा अध्यक्ष मानबहादुर खड्का, सचिव गणेश बहादुर खडका, इन्चार्ज गणेश थापा, सह इन्चार्ज कृष्ण शाही, डुंगेश्वर गापामा अध्यक्ष श्याम राना, सचिव मानबहादुर विष्ट इन्चार्ज कलावती न्यौपाने, सह इन्चार्ज दिपक पराजुली, गुराँस अध्यक्ष पशुपति शर्मा, सचिव पदमबहादुर शाही इन्चार्ज कृष्ण गिरी सह इन्चार्ज चित्रबहादुर केसी चयन भएका छन् ।
अध्यक्ष शर्माका अनुसार जिल्ला कमिटिले ९० वडाका वडा अध्यक्ष र सचिव समेत चयन गरेको छ । नगरमा असी सदस्य तथा वडा कमटिमा ७५ जना सदस्य रहने गरी कमिटि निर्माण भएको हो । अहिले ९ सय ७४ जनालाई कमिटिमा आवद्ध गराइएको उनको भनाई छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...