५ हजार घुस लिएको आरोपमा प्रहरी नै समातिए

कञ्चनपुर - कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् ।

यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुधबार भारतबाट सामान ढुवानी गरिरहेका सेवाग्राहीबाट भन्सार मिलाइदिन्छु भनी रकम लिएको अख्तियारको दाबी छ ।


Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्