×

NMB BANK
NIC ASIA

ऋण खोजेर विमान किन्ने कर्णालीले, चलाउने निजी क्षेत्रले ?

कात्तिक ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७मा ल्याएको नीति तथा कार्यक्रम अनुरुप कर्णाली एयरलाइन्स सेवा सुचारु गर्न सरकार तयार भएको र त्यसका लागि निजी क्षेत्रलाई अघि बढाउन सकिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

Muktinath Bank

केही दिनको तिब्बत भ्रमणपश्चात नेपाल आइपुगेका मुख्यमन्त्री शाहीले बिहीवार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सरकारले एयरलाइन्स चलाएको खण्डमा नोक्सानमा जान सक्ने खतरा भएको बताउँदै नीजि क्षेत्रलाई चलाउन जिम्मा दिने कि भन्ने बारे सरकारले सोचिरहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई चीन सरकारले पाँच वर्षसम्म ब्याजै नलाग्ने र त्यसपछि मात्रै ब्याज र साउँ तिर्ने गरी ऋण दिन सक्ने बताएको छ,’ उनले भने, ‘चीनले विमान भाडामा पनि दिनसक्ने प्रस्ताव हामीलाई दिएको छ । सरकार आफैले चलाउने वा नीजि क्षेत्रलाई दिने भन्नेबारे छलफल भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले कर्णाली प्रदेशका अन्य जिल्लामा उडान भर्नका लागि कर्णाली सरकारलाई जहाजको आवश्यकता परेको बताए ।

Vianet communication
Laxmi Bank

‘तिब्बत अलग देश भएको बेलामा नेपालबाट तिब्बतीहरुले खाद्यान्नदेखि सबैकुरा खरिद गर्ने गरेका थिए तर अहिले चीनको भूभाग भइसकेपछि नेपालीले तिब्बतबाट किनेर खानुपर्ने अवस्था आएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘तरपनि सोचे जसरी हुम्ला, डोल्पा र मुगुका जनताले सहजरुपमा तिब्बत जान तथा आवश्यक सामाग्रीहरु ल्याउन सकेका छैनन् । त्यहाँको सुरक्षा व्यवस्था कडा भएका कारण यस्तो भएको हो ।’

यद्यपि चीन सरकारसँग सहज रुपमा व्यापार गर्ने वातावरण मिलाउन कुराकानी भएको र यसका लागि तिब्बत तथा चीन सरकार सकारात्मक रहेको उनले बताए । मुख्यमन्त्री शाहीले कुन्मिङ शहर तथा सुर्खेतलाई भगिनी शहर बनाउने, सुर्खेतदेखि बर्दिया जाने भुरीगाउँ तेलपानी सडकमा दुइ ओटा सुरुङमार्ग बनाउन चाइनिज कम्पनीले प्रारम्भिक अध्ययन आफ्नै खर्चमा निर्माण गरिदिने वचन प्राप्त भएको उनको भनाइ छ ।

‘हामी अहिले विदेशीसँग सोझै सम्झौता गर्न सक्ने अवस्थामा छैनौ,’ मुख्यमन्त्री शाहीले भने, ‘संविधानमा नै उक्त कुरा उल्लेख छ । हामीले सहयोगको आधार तयार पार्ने र संघीय सरकारले त्यसबारेमा निर्णय तथा सम्झौता गर्ने गरी अघि बढनुको हामीसँग विकल्प छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x