कात्तिक १७, २०८०
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
धनगढी – कैलालीको बर्दगोरियामा आयोजित ‘बालबाटिका क्रिकेट लिग २०७६’ को च्याम्पियन लिटिल फ्लावर स्कुल धनगढी बनेको छ ।
आयोजक नव बालबाटिका स्कुलमाथि ४२ रनको फराकिलो जित दर्ता गर्दै लिटिल फ्लावर पहिलो संस्करणको च्याम्पियन बनेको हो । विद्यालय तहको सुदूरपश्चिम प्रदेशस्तरीय उक्त क्रिकेट प्रतियोगिताको उपाधिसँगै लिटिल फ्लावरले रु एक लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
उपविजेता बनेको आयोजक नवबालबाटिकाले रु ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । बालबाटिका क्रिकेट लिगको आइतवार भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा सबै विकेट बनाउँदै ११० रन बनायो ।
लिटिल फ्लावरका लागि नरेन भट्टले २० रन र अनुराग सिंहले १५ रन बनाए । बालबाटिकाका लागि वसन्त ठाकुरले चार र पारस भुलले तीन विकेट लिए । १११ रनको विजयी लक्ष्य पछ्याएको बालबाटिका १७ दशमलव तीन ओभरमा ६८ सनमा समेटियो ।
बालबाटिकाका लागि नरेन्द्र साउदबाहेक अरु खेलाडीले दोहोरो रन अङ्क छुन सकेनन् । आयोजकको टिमलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका लागि दीपक रोकायाले पाँच विकेट लिए । प्रकाश बडूले तीन विकेट लिए । आफ्नो टिमलाई उपाधि जिताउन भूमिका खेलेका लिटिल फ्लावरका दीपक रोकाय ‘म्यान अफ द म्याच‘ घोष्ति भई पुरस्कृत भए ।
यस्तै प्रतियोगितामा आर एम ई स्कुल टीकापुरका अभिषेक खत्री उत्कृष्ट खेलाडी, लिटिल फ्लावरका नरेन भट्ट उत्कृष्ट ब्याट्सम्यान र प्रकाश बुढा, उत्कृष्ट बलरमा आयोजक नव बालबालिका स्कुलका लालबहादुर विके घोषित भई पुरस्कृत भए ।
प्रतियोगिताका विजयी खेलाडीलाई बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलीराम थारु, नवबालबाटिका स्कुलका संस्थापक देवबहादुर मल्ल, प्रतियोगिताका संयोजक प्रमोद मल्लले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभयो । असोज २६ देखि शुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ वटा विद्यालयका क्रिकेट टिमको सहभागिता रहेको थियो ।
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...