बझाङमा चरेससहित १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

बझाङ – लागूऔषध चरेससहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना६ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेकपोस्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा २ वटा कालो झोलामा कालो प्लास्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागूऔषध फेला पारेको थियो ।


Advertisement

सो परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले प्रक्राउ गरेको छ । जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरीदत्त पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्