कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ ।
थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । ३ दिनसम्म मञ्चन हुने नाटकमा स्थानीय थारू कलाकारहरूले अभिनय गरेका छन् ।
दाङमा जमिन्दारले जग्गा खोसेपछि कमाइखाने जग्गा र सुरक्षित बासस्थानका लागि तराई झर्नुपरेको र यस क्रममा पैदलयात्रा गरेर आउनु पर्दा धेरै समय लाग्दथ्यो । नाटकका निर्देशक चन्द्रबहादुर चौधरीले भने, ‘चौपाया चराउँदै नदी खोलामा माछा मार्ने र जंगली जनावरको शिकार गर्दै तराई झरेको कुरालाई दर्शकमाझ नाटकमा देखाउन खोजेका छौं ।’
तराईको पानी भएको खोला नदी किनारामा थारू समुदायले बसोबास गर्न थाले । खोलाबाट माछा मार्ने, जंगली जनावरको शिकारले छाक टार्ने गर्दै आएकामा पछि खेतीपाती गर्दै बसोबास गर्न थालिएको कुरा नाटकमा देखाइएको छ । ‘विगतमा तराईमा बसोबास गर्दा जंगली जनावरको आक्रमण झेल्न र बच्ने तरिका नजान्दा महामारीबाट थारू गाउँका गाउँ सखाप भएको कुरा पनि नाटकका माध्यमबाट समुदायलाई देखाउन थालेका छौं,’ क्लबका सल्लाहकार विश्राम चौधरीले भने ।
यसैगरी, २ छाक टार्नकै लागि थारू समुदायका विपन्न परिवारले जमिन्दारको घरमा कमैया बस्नु पर्दाको दुःख र त्यसविरुद्ध गर्नुपरेको संघर्षसमेत देखाइएको छ । वन विनासले गर्दा निम्त्याएको विपत्तिबारे समेत नाटकमा वर्णन गरिएको छ । युवा क्लबमा आवद्ध युवाले समाजलाई प्रेरणा दिने र जनचेतना फैलाउने किसिमका नाटकहरु तिहारका अवसरमा प्रत्येक वर्ष प्रदर्शन गर्दै आएका र यसबाट समाजलाई सकारात्मक बाटोमा डोर्याउन मद्दत पुग्दै आएको छ ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...