वलात्कार काण्डमा मुछिएका इन्द्रहाङ राई बर्खास्तीमा परे

काठमाडौँ । १८ वर्षीया युवती बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका अनेरास्ववियूका नेता तथा आरआर (रत्नराज्य लक्ष्मी) क्याम्पसका स्ववियू सहसचिव इन्द्रहाङ राई बर्खास्तीमा परेका छन् । 
आरआर क्याम्पसका स्ववियू अध्यक्ष तपेन्द्र बहादुर शाहीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राईलाई आजैको मितिदेखि कारबाही गरी स्ववियुका कुनै पनि गतिविधिमा संलग्न नगराइने निर्णय गरिएको जानकारी गराएका छन् । 
संगठनको फलामे अनुसानको प्रवाह नगरी यस किसिमको क्रियाकलापमा संलग्न हुने जो कोही भएपनि हदैसम्मको कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । 
शाहीले घटनाका बारेमा प्रहरीलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह गर्दै पीडित पक्षलाई न्याय दिलाउन संगठन हर किसिमको सहषेग गर्न तयार रहेको बताएका छन् । 

बलात्कार अभियोेगमा राई मंगलबार बिहान पक्राउ परेका थिए ।


Advertisement

कमेन्ट गर्नुहोस्