नयाँ कप्तान आएपछि के भने पारस खड्काले ?

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनेका ज्ञानेन्द्र मल्ललाई निवर्तमान कप्तान पारस खड्काले बधाइ दिएका छन् । पूर्व उपकप्तान समेत रहेका ज्ञानेन्द्रलाई बुधबार मात्र नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानको जिम्मेवारी दिएको थियो । 

पारसले टोलीको कप्तानीमा ज्ञानेन्द्र मल्ल सबैभन्दा योग्य खेलाडी भएको बताएका छन् । ‘सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र नेपाली क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ’ उनले ट्वीटरमार्फत भनेका छन्,  ‘जसले धैर्यता, अनुशासन र प्रतिबद्धता सहित देशको सेवा गरिरहेको छ ।


Advertisement

पारसले ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई लिने पनि विश्वास लिएका छन् । पारसले गत असोज २८ गते कप्तान छाडेको घोषणा गरेका थिए ।
 

कमेन्ट गर्नुहोस्