नुवाकोटको बेलकोटमा बालकको हत्या

नुवाकोट । बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो । 

रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 
पर्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई  प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ ।
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्