उपनिर्वाचनको तयारी तीव्र

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारी तीव्र पारिएको छ । पुनर्वास नगरपालिका–३ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ । 

    जिल्ला निर्वाचन कार्यालय भीमदत्तनगरका प्रमुख उदयराज जोशीका अनुसार उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश गोपाल बाँस्तोलालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । “अब केही दिनभित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गछौँ”, उनले भने । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि निर्वाचन गतिविधि अघि बढ्ने उनको भनाइ छ । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार टुङ्गो लगाउन सक्रिय छन् । निर्वाचनमा नेपाली काङ्ग्रेसले वडाध्यक्ष पदमा  डिबी तामाङको नाम सर्वसम्मत केन्द्रीय समिति समक्ष सिफारिस गरेको छ । नेकपालगायत दल उम्मेदवार छनोटमा जुटेका छन् ।


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्