जिल्ला प्रशासन कार्यलय झापामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

काठमाडौं – प्रभु बैंकले झापाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । 

झापा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमवारे झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले एक समारोहकाबीच उद्घाटन गरे ।


Advertisement

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा  रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्ने बैंकको विश्वास छ । 

यससँगै प्रभु बैंकले १ सय ९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत्  कारोबार सञ्चालन गरिरहेको छ । 

कमेन्ट गर्नुहोस्