×

NMB BANK
NIC ASIA

राहदानी फ्याँकेर अटो समाउँदै रोल्पाली युवा

कात्तिक १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रोल्पा –  युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा अटो चलाउँछन् ।

Muktinath Bank

स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश हानिएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहो¥याएर विदेश नजाने निष्कर्षमा पुगे, पाँच लाख लगानी गरेर अटो खरिद गरे र आफंै चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोल्पा नगरपालिका–४ लहरी खोलाका टीकाबहादुर केसी २ वर्ष कतार बसे । रोजगारीको कुनै अवसर नदेखेपछि उनी २ वर्ष अघि कतार गएका हुन् । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच २ वर्षको कतार बसाइलाई बिट मारेका उनले यहाँ अटो चलाउन शुरूगरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।


Advertisment
Nabil box
Kumari

रोल्पा नगरपालिका–९ गर्पाका सन्तोष परियार ५ वर्ष मलेसिया र २ वर्ष साउदी अरब गरी ७ वर्ष विदेश बसे । विदेश गएर कमाएको पैसाले सदरमुकाम लिवाङमा राम्रो घर बनाउने र गाडी किन्ने चाहना थियो उनको । सात वर्षसम्म विदेशमा पसिना चुहाएपनि उनले न लिवाङमा घर किन्न सके न त गाडी नै । गाडी किन्ने सपना बोकेका उनी अहिले अटो किनेर त्यसैको चालक बनेका छन् । विदेश जाँदा साहुबाट लिएको ऋणको सांवा र ब्याज भने उनले जसोतसो तिर्न सके । 

Vianet communication
Laxmi Bank

तीस वर्षभन्दा कम उमेर समूहका रोल्पाली युवाका प्रतिनिधि पात्र हुन् मदन, टीका र सन्तोष । घरको आर्थिक अवस्था कमजोर भएका उनीहरु सकेसम्म स्वदेशमै काम गर्न चाहन्थे । स्वदेशमा काम गर्ने अवसर नपाएपछि तीनै जना विदेशिएका थिए । युवावयको धेरै समय विदेशी भूमिमा खर्चिएका उनीहरु उमेर चढेसँगै विदेश जाने मोह घट्न जाँदा स्वदेशमै स्वरोजगार बन्न अटो व्यवसाय रोजेका हुन । मदन, टीका र सन्तोष मात्र हैन रोल्पाका ४५ जना भन्दा बढी वैदेशिक रोजगारीबाट फर्किएका युवक राहदानी फ्याँकेर जिल्लामै अटो चलाउन थालेका छन् ।

रोल्पा नगरपालिकाको लिवाङ बजार र रोल्पा आसपासका क्षेत्र, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनिल स्मृति गाउँपालिकाको सुलिचौर, रुन्टीगढी गाउँपालिकाको होलेरी लगायतका क्षेत्रमा अटो सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकामलाई आधार बनाई वराहदेवता अटो व्यवसायी समिति र मधुरमा अटो व्यवसायी समिति सक्रिय छन् । दुवै समितिमा गरी ५५ जनाभन्दा बढी अटोसँग आवद्ध रहेको वराहदेवता अटो व्यवसायी समितिका उपाध्यक्ष कुलबहादुर विकले जानकारी दिए । विकका अनुसार दुवै समितिमा आवद्ध रही अटो सञ्चालन गर्नेमध्ये ४५ जना वैदेशिक रोजगारीबाट फर्किएकाहरु हुन् । 

यो पेशाबाट दैनिक सरदर एक हजार ५०० जति आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक एक हजार ५०० जति आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक आठ हजारसम्म आम्दानी हुने गरेको व्यवसायी रामबहादुर डाँगीले बताए । 'रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,' डाँगीले भने । सदरमुकामदेखि रांसीसम्म रिजर्भमा लैजाँदा आफूले १२ हजारसम्म आम्दानी गरेको डाँगीले बताए ।

सदरमुकाम लिवाङलाई आधार बनाएर अटो चलाउनेहरुका लागि नगरपालिकाले सीमा समेत निर्धारण गरिदिएको छ । नगरपालिकाले तोकेको क्षेत्रभित्र अटो चलाउँदा पनि ट्राफिक प्रहरीले दुःख दिने गरेको व्यवसायीहरुको गुनासो छ । बजार क्षेत्र बाहिर अटो लैजाँदा जरिवाना स्वरुप ५०० रुपैयाँ दण्ड तिराएर ट्राफिकले सताउने गरेको उनीहरुको भनाइ छ । 'सानो लगानीमा स्वरोजगार हुँदै जनतालाई अत्यावश्यकीय सेवा दिँदै आए पनि ट्राफिकको पटक पटकको हैरानीले कहिलेकाहीँ निराश बनाउँछ,' एक व्यवसायीले भने ।  

नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आउजाउमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सघाउ पु¥याएको रोल्पा नगरपालिका–४ का बेगम केसीले बताइन् । 'सदरमुकाम लिवाङबाट झण्डै ५ किलोमिटरको दूरीमा रहेको जिल्ला अस्पताल, झण्डै ३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरण जस्ता जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालय आवतजावत गर्न निकै सहज भएको छ,' केसीले भने । जेष्ठ नागरिकहरुका लागि अटो व्यवसायीहरुले भाडा दरमा केही सहुलियतको प्रवन्ध गरिदिनुपर्ने केसीको सुझाव छ । उमा केसी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x