×

NMB BANK
NIC ASIA

बुटवल - बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटललाई प्रदेश पाँच सरकारले विशिष्टिकृत सेवा प्रदान गराउने पहल सुरू गरेको छ । त्यसको पहिलो चरणमा हस्टिलका हाताभित्र (उत्तर र पश्चिम) मा रहेका व्यवसायिक सटरहरु हटाउन निर्देशन दिएको हो ।

Muktinath Bank

प्रदेश ५ सरकारले सटर खाली गरेर पर्खाल बनाउने उद्देश्यले गत साउन ३० गते पत्रिकामा सूचना प्रकाशित गरी तीन महिनाभित्र सटर खाली गर्न समय दिएकोमा थप एक महिना समय थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीन महिने सूचनाको म्याद कार्तिक ३० गते सकिंदैछ । मंसिर महिनाको भाडा नलिने गरी सटर खाली गर्न समय दिने र त्यो अवधिमा पनि अटेर गरे डोजर चलाएर खाली गरिने प्रवक्ता चौधरीले बताए ।


Advertisment
Nabil box
Kumari

हस्पिटलका ७३ वटा व्यवसायिक सटरहरु छन । ति सटरहरुबाट हस्टिलको वार्षिक आम्दामी ८ करोड रुपैयाँभन्दा बढी थियो ।

Vianet communication
Laxmi Bank

सटर हटाएपछि आकर्षक पर्खाल बनाउने  र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने उद्देश्य अनुसार सटर खाली गर्न लागिएको मन्त्री चौधरीले बताए ।

‘लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा विकास गरिन्छ’ भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता चौधरीले भने, ‘मंसिर मसान्तभित्र सटरहरु खाली नगरे डोजर चलाएर भत्काइन्छ ।’

अस्पतालको सेवा सुधार गर्दै एक्सटेन्डेड हेल्थ सर्भिस अन्तर्गत नीजि अस्पतालमा जस्तै केही बढी शुल्क लिएर दोस्रो सिफ्टमा सेवा दिने योजना रहेको मन्त्री चौधरीले बताए । अस्पतालका डाक्टरहरु ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नुपरेको उनले खुलाए ।

मन्त्रिपरिषद वैठकले प्रादेशिक सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा काठमाडौं नयां बानेश्वरका ४५ वर्षिय अनुप बास्कोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री चौधरीले जानकारी दिए ।

मन्त्रीपरिषद वैठकले प्राइभेट फर्म दर्ता नियमावली २०७६ लाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

स्वीकृत नयाँ नियमावली अनुसार ५ लाखसम्मको फर्म दर्ताका लागि एक हजार रुपैयाँ, ५ देखि २० सम्मको फर्मका लागि ५ हजार तथा २० लाख देखि ५० लाख सम्मको नयाँ फर्म दर्ता गर्न १५ हजार रुपैयाँ शूल्क लाग्ने छ । ५० लाख देखि १ करोड सम्मको फर्मका लागि २५ हजार तथा एक करोड भन्दा माथीका फर्महरुका लागि प्रतिकरोड थप ५ हजार रुपैयाँ शूल्क लाग्ने छ । यस्तै रुपन्देही,पाल्पा, बांके कपिलवस्तु रोल्पा र दाङमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x