ट्विटरका कर्मचारीले साउदी अरबका लागि जासूसी गरेको आरोप

काठमाडौं – अमेरिकाका संघीय अभियोजनकर्ताहरूले साउदी अरबका लागि जासूसी गरेको आरोप ट्विटरका दुई पूर्वकर्मचारीमाथि लगाएका छन् । 

साउदी नागरिक अली अल्जाबाराह र अमेरिकी नागरिक अहमद अबूअम्मोले ट्विटरमा भएको आफ्नो पहुँच दुरुपयोग गरेर साउदी सत्ताका विरोधीहरूको बारेमा संवेदनशील तथा निजी जानकारी बटुलेको आरोप जस्टिस डिपार्टमेन्टले फौजदारी उजुरीमा लगाएको छ । 


Advertisement

उक्त मुद्दाको खुलासा सान फ्रान्सिस्को संघीय अदालतमा गरिएको छ । साउदी सरकारले विदेशमा रहेका आफ्ना विरोधीहरूको स्वर दबाउने गरेको आरोपलाई यसले पुष्टि गरेको छ । आफ्ना आलोचकहरूविरुद्ध अन्लाइन प्ल्याटफर्महरूलाई हतियार बनाउने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमानले दिने गरेका छन् । 

सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको गोप्यता संरक्षण गर्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने विषयमा यस आरोपले थप बहस निम्त्याएको छ ।

सीएनएनबाट
 

कमेन्ट गर्नुहोस्