×

NMB BANK
NIC ASIA

शैक्षिक प्रमाणपत्र धितो राखेर अब सहजै कर्जा, यसरी हुँँदैछ कार्यविधि संशोधन

कात्तिक २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सहुलियतपूर्ण कर्जा पाउन कठिनाइ भएको भन्दै कार्यविधि संशोधन गर्न लागिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय युवा परिषद्ले युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ विना धितो ल्याइएको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ अनुसार युवालाई कर्जा पाउन कठिनाइ भएकाले संशोधन गर्न थालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद्का उपाध्यक्ष माधव ढुंगेलले कार्यविधिका कतिपय प्रावधानले युवालाई बैंकबाट कर्जा पाउन सहज बनाउन संशोधन गर्न थालिएको जानकारी गराए । युवालाई स्वरोजगार बनाउन सरकारले ७ प्रकारका कर्जा प्रवाहमा कृषि, पशुपक्षी मात्र समेटिएकाले नयाँ संशोधन गरिएको प्रस्तावमा पर्यटन क्षेत्रमा समेत कर्जा प्रवाह गर्न सकिने उल्लेख गरिएको छ । 


Advertisment
Nabil box
Kumari

उपाध्यक्ष ढुंगेलले पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने भएकाले पर्यटनमा पनि कर्जा प्रवाह गर्न प्रस्ताव गरिएको बताए । परिषद्ले अर्थ मन्त्रालयमा संशोधनको लागि प्रस्ताव पठाएको छ ।

Vianet communication
Laxmi Bank

संशोधनका लागि पठाइएको प्रस्तावमा विद्यार्थीले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा लिँदा सक्कल प्रमाणपत्र नराख्नुपर्ने व्यवस्था गरिएको छ । संशोधन प्रस्तावमा ‘उच्च शिक्षा हासिल गरेका युवालाई प्रदान गरिने शिक्षित युवा स्वरोजगार कर्जाका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निवेदनको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि धितोस्वरुप राखिने छ ।’ 

यसैगरी संशोधनका लागि पठाइएको प्रस्तावमा शैक्षिक प्रमाणपत्रका आधारमा परिषद्बाट पनि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी ७ दिनको तालिम लिएर कर्जा पाउनसक्ने व्यवस्था रहेको छ । 

यसअघि घरेलु तथा साना उद्योग कार्यालय, सीप विकास तालीम केन्द्र र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मात्र तालिम लिएको हुनुपर्ने रहेको थियो । संशोधन गरिएको प्रस्तावमा वैदेशिक रोजगारबाट फर्किएका युवालाई ३ वर्ष नबितेको हुनुपर्ने व्यवस्था खारेज गरिएको छ । 

यसैगरी विदेशबाट फर्किएका युवालाई सम्बन्धित देशमा कम्तीमा ६ महिना तालिम/काम गरेको कागजातसमेत आवश्यक नपर्ने गरी संशोधनको प्रस्ताव लगिएको छ । यसअघि कर्जाका लागि काम गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको थियो । 

कार्यविधिमा यसअघि भूकम्पपीडितको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँ दिने भनेकामा ५ लाख रुपैयाँसम्म दिने प्रस्ताव गरिएको छ । यसैगरी संशोधन गरिएको प्रस्तावमा अब बैंकले १० प्रतिशतभन्दा माथि व्याजदर लिन नपाउने व्यवस्था गरिएको छ ।

यसअघि बैंकको प्रचलित दरमा २ प्रतिशत बढाउन पाउने व्यवस्था भएपनि अब १० प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने गरी नयाँ प्रस्ताव लगिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

सरकारले २०७५ भदौ २१ गते कार्यविधि स्वीकृत गर्दै युवालाई स्वदेशमा नै स्वरोजगार बनाउनका लागि व्यावासयिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपीडितको निजी आवास निर्माण कर्जा भनेर सात प्रकारका विनाधितो कर्जा प्रवाह गर्ने निर्णय गरेको थियो । 

७ प्रकारका परियोजना सञ्चालन गर्दा ५ लाखदेखि ५ करोड रुपैयाँसम्म विना धितो ७ देखि १० प्रतिशत व्याजदरमा युवाले कर्जा पाउनेछन् । हालसम्म सहुलियतपूर्ण कर्जा करीब १८ हजार ९०० युवामा प्रदान गरिएको परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।

‘कर्जा प्रवाहको संख्या हेर्दा हामी सन्तोषजनक छैनौं । बैंकले अझै लगानी गर्न आनाकानी गरिरहेका छन्,’ उनले भने, ‘राज्यले लाखौं युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गर्न कार्यविधि बनाएको हो ।’ – शरद शर्मा/रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x