बेइजिङको समर्थन गर्ने हङकङका राजनीतिकर्मीमाथि छातीमा चक्कु प्रहार (भिडियो)

काठमाडौं – बेइजिङलाई खुला समर्थन गर्ने हङकङका एक राजनीतिकर्मीलाई निर्वाचन अभियानका क्रममा सरकारविरोधी एक आक्रमणकारीले छातीमा चक्कु प्रहार गरेका छन् । आक्रमणकारी समर्थक भएको ढोंग गर्दै राजनीतिकर्मीनजिक पुगेको थियो । 

जुनियस हो नामक ती राजनीतिकर्मीलाई टुएन मुन जिल्लामा अभियान चलाउँदै गर्दा छातीमा चक्कु प्रहार गरिएको थियो । 


Advertisement

विरोधकर्ताहरूमाथि हिंसा गर्न उनको पनि हात रहेको भन्दै उनलाई घृणा गर्ने गरिएको छ । 

हङकङ सरकारले आक्रमणको निन्दा गरेको छ र प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको जनाएको छ । 

आरम्भिक उपचार प्राप्त गरेपछि होले पत्रकारहरूसँग कुरा गर्दै उनको करङले चक्कुलाई रोकेको र दुई सेन्टीमिटर गहिरो घाउ लागेको बताए । 

अर्का एक चक्कुधारीले आइतवार विरोधकर्ताहरूलाई आक्रमण गरेको घटनापछि अहिले यो घटना भएको हो । 

एजेन्सी

कमेन्ट गर्नुहोस्