अरू देशसँग नभएको हाइपरसोनिक र लेजर हतियार रुससँग भएको पुटिनको दाबी (भिडियो)

काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हतियार विकास कार्यक्रम विस्तार गरिरहने दाबी गरेका छन् । अनि रुससँग भएको हाइपरसोनिक तथा लेजर हतियार अरू देशसँग नभएको उनले बताए । 

बुधवार शीर्ष अधिकारी तथा अभियोजनकर्ताहरूसँगको बैठकमा पुटिनले यस्तो टिप्पणी गरेका हुन् । 


Advertisement

तर रुसको हतियार विस्तारले अन्य देशलाई जोखिममा नपार्ने पुटिनले बताए । 

‘हामीहरू अरूलाई जोखिममा पार्नका लागि हतियार बनाइरहेका छैनौं । हाम्रो एक मात्र लक्ष्य भनेको हामीमाथिको जोखिममा सुरक्षाको प्रत्याभूति गर्नु नै हो । हामीहरू निःशस्त्रीकरणलाई प्रवर्द्धन गर्नका लागि सबै किसिमका प्रयास गर्नेछौं,’ उनले भने ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्