माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
बुटवल – बुटवलको रामनगर र पूर्वी नवलपरासीको गैंडाकोटमा राखिएका सडक दस्तुर संकलन केन्द्रबाट अहिले दस्तुर उठाइँदैन ।
सडक बोर्ड नेपालका प्रमुख कृष्णसिंह बस्नेतले सडक (बुटवल–नारायणगढ) ‘सिक्स लेन’मा विस्तार ठेक्का दिएसँगै दस्तुर उठाउन नमिल्ने भएकाले हटाइएको बताए ।
‘हामीले ठेक्कामार्फत उठाउँदै आएको दस्तुर यही सडक मर्मतका लागि खर्च गर्ने हो,’ सिंहले भने, ‘अब यो सडक निर्माण पूरा नहुँदासम्म मर्मत गर्ने जिम्मा पनि ठेकेदार कम्पनीको हुन्छ । ठेक्का सम्झौता गर्दा मर्मत सम्भार भनेर छुट्टै पैसा राख्ने गर्छन् ।’
गएको असोज १४ गतेदेखि दस्तुर उठाउन छाडिएको हो । गाडीले सडक प्रयोग गरेबापत त्यसले पुर्याउने क्षतिलाई मर्मत गर्नका लागि सडक दस्तुर संकलन गर्ने गरिन्छ । दुवै ठाउँको दस्तुर संकलनका लागि सडक बोर्ड नेपालले ठेक्कामार्फत दस्तुर संकलन गर्ने गर्छ ।
२/२ वर्षका लागि ठेक्का सम्झौता हुँदै आएको भएपनि यस वर्ष सडक विस्तार हुने भएपछि १ वर्षका लागि मात्र ठेक्का गरिएको थियो । ठेक्का हटेपछि सडक मर्मतमा शिथिलता आएको प्रयोगकर्ता बताउँछन् । १ सय १४ किलोमिटर लामो सडकको निर्माण ठेक्का ‘चाइना स्टेट कन्सट्रक्सन’ कम्पनीले पाएको छ ।
सडक बोर्ड नेपालले रामनगर र गैंडाकोटको सडक दस्तुर उठाउने ठेक्का सुनकोशी निर्माण सेवा कम्पनीलाई दिएको थियो । दुवै ठाउँमा गरेर वार्षिक ९ करोड २ लाख ८० हजार दिइँदै आएको थियो । पछिल्लो १ वर्ष यसको रेट बढाएर १९ करोड पुर्याइएको थियो ।
सडक भएर पूर्वतर्फ दैनिक ४ हजार १५ र पश्चिमतर्फ ३ हजार ३ सय २२ गाडीहरू आउने जाने गर्छन् । ‘दस्तुर संकलन गर्न छाडेपछि कार्यालयमा बाटो मर्मत नभएर दुर्घटना बढे भनेर फोनहरू आउन थालेका छन् । अब सडक निर्माण कम्पनी त्यसप्रति सचेत हुनुपर्छ,’ बस्नेतले थपे ।
बुटवल–नारायणगढ पश्चिम सेक्टरका योजना प्रमुख सुरेश न्यौपानेले आफूहरूको टीम सडक मर्मतका लागि तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो टीम मर्मतका लागि २४ सै घण्टा तयार छ । बाटो बिग्रेको अवस्थामा तुरुन्त त्यहाँ पुगेर काम गर्छ,’ उनले भने ।
योजनाले मर्मतका लागि छट्टै एउटा टीम पनि खडा गरेको छ । २०५६ सालदेखि २०७५ सम्म ठूला गाडीको ४०, साना तथा मझौलाको २० र मोटरसाइकलको ५ रुपैयाँ लिइँदै आएपनि यस वर्षदेखि बढाएर ठूला गाडीको १३०, साना गाडीको ६० र मोटरसाइकलको १० रुपैयाँ कायम गरिएको थियो । किन यति धेरै प्रतिशत दस्तुर बढाइएको हो भन्ने प्रश्नमा सिंहले भने, ‘हामीले २० वर्षसम्म एउटै दस्तुर राख्यौं । २० वर्षमा कति महंगी बढ्यो तपाईं आफैं भन्नुहोस् । यो दस्तुर धेरै होइन ।’
सडक बोर्ड नेपालले दस्तुरबाट ठेक्का बापतको रकम सबै मर्मतमा खर्च गर्ने गर्छ । कर उठाउन हटाएपनि सडक विस्तार अझै शुरू हुन सकेको छैन । गएको चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेका थिए ।
निर्माण भएको ५७ वर्षपछि सडक विस्तार गर्ने अभियान शुरू नै हुन नसक्दा अहिले तोकिएको समय ३ वर्षभित्र निर्माण पूरा हुनेमा आशंका उब्जिन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...