सिद्धिनरसिंह मल्लले ४ सय वर्ष पहिले शुरू गरेको ऐतिहासिक कात्तिक नाच ललितपुरमा

सुरेन्द्र श्रेष्ठ
सुरेन्द्र श्रेष्ठ

श्रेष्ठ लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

ललितपुर –राजा सिद्धिनरसिंह मल्लले करीब ४ सय वर्ष पहिलेदेखि शुरू गरेको कार्तिक नाच यो वर्ष कार्तिक १५ गतेबाट शुरू भएको छ । 

पहिला पाँच दिनसम्म देखाइने कार्तिक नाच सिद्धिनरसिंह मल्लको नाति योगनरेन्द्र मल्लको पालादेखि विसं २००६ सम्म २७ दिन देखाइन्थ्यो । 


Advertisement

विसं २०७१ सालमा कार्तिक नाच संरक्षण समिति दर्ता भएपछि सोही वर्षदेखि १२ दिनसम्म उक्त नाच देखाउने गरिन्थ्यो । 

आगामी पर्यटन वर्षलाई लक्षित गरी २०७७ सालमा कार्तिक नाच २७ दिन नै देखाइने सञ्चालक समितिका सदस्य तथा सञ्चार संयोजक सञ्जय शर्मा राजोपाध्यायले बताए । 

बजेट पर्याप्त उपलब्ध भएमा प्रत्येक वर्ष २७ दिन नै कार्तिक नाच देखाइने उनी बताउँछन् । 

कार्तिक नाचमा देखाइने नरसिंह नाचको मुकुट पुरानो भएकाले ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मल रत्न शाक्यले सञ्चालक समितिलाई नयाँ मुकुट हस्तान्तरण गरे । 

साथै समितिलाई हरेक वर्ष नाच सञ्चालनका लागि एक लाख रुपैयाँ सहयोग गर्ने बताए ।

हेर्नुहोस्, भिडियो :

कमेन्ट गर्नुहोस्