प्रहरीसँग भिड्ने क्रममा छतबाट लडेका एक विद्यार्थीको मृत्यु

काठमाडौं – हङकङमा प्रहरीसँग भिडन्त हुँदा पार्किङ गराजको छतबाट लड्का एक विद्यार्थीको मृत्यु भएको छ । उनको मृत्युपछि विरोधकर्ताहरू थप आक्रोशित बनेका छन् । 

चाउ त्ज–लोक नामक ती विद्यार्थी सोमवार छतबाट लडेर रगतको आहालमा बेहोशी भई डुबेका थिए । उनी कोमामा थिए । 


Advertisement

उनी लड्नुअघि दंगा प्रहरीले अश्रूग्यास प्रहार गरेको थियो । उनी कसरी लडे भन्ने प्रस्ट हुन सकेको छैन तर उनको मृत्युपछि प्रहरी बर्बरता कायम रहेको भन्दै विरोध भइरहेको छ । 

शुक्रवार विरोधकर्ताहरूले हङकङको मध्य भागमा गएर प्रहरी अधिकारीविरुद्ध गाली बर्साउँदै ‘हत्यारा’ भने अनि ‘बदला’ लिनुपर्ने बताए । 


Advertisement

दिवाभोजनको समयमा एक हजारजना जति मुकुण्डो लगाएका विरोधकर्ताहरूले ‘प्रहरी बल भंग गर’ भन्ने नारा लगाउँदै ‘रगतको बदला रगत’ समेत भने । 

‘उनको मृत्युले हामीलाई आत्मसमर्पण नगर्न स्मरण गराउँछ,’ एक विरोधकर्ताले स्थानीय टेलिभिजनलाई बताए । 

चाउका क्रुद्ध सहपाठीहरूले युनिभर्सिटी अफ सायन्स यान्ड टेक्नोलोजीको दीक्षान्त समारोहमा अवरोध गरे ।

एजेन्सी 
 

कमेन्ट गर्नुहोस्