कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं – नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘ग्लोबल टेलिमेडिसिन सेन्टर’को शुभारम्भ गरिएको छ ।
ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिका तथा रोटरी क्लब अफ इन्टरनेशनलको सहकार्यमा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले टेलिमेडिसिन सेवाको शुभारम्भ गरे।
कार्यक्रममा उनले बढ्दो प्रविधिको प्रयोगसँगै प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गर्न लागेकामा खुशी व्यक्त गरे। 'स्वास्थ्य सेवाबाट कोही जनता वञ्चित हुन नपरोस् भन्ने लक्ष्य सरकारले राखेको छ, सरकारको लक्ष्य पूरा गर्न टेलिमेडिसिन सेवाले सहयोग पुग्ने विश्वास सरकारले लिएको छ', उनले भने।
उनले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे। काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले अस्पतालले छोटो समयमा नयाँ प्रविधिमार्फत सेवा दिन लागेर राम्रो कामको शुरूआत गरेको बताए।
अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले दुर्गम क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्न ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकासँग सहकार्य गरेर काम गर्न लागिएको बताए। टेलिमेडिसिन सेवाको शुरूआतसँगै आफ्नो अस्पतालका डाक्टरले विदेशी डाक्टरसँग सिक्ने र सिकेको सीपलाई दुर्गम गाउँका जनताको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाइने उनको भनाइ छ ।
ग्लोबल टेलिमेडिसिन सेन्टर अमेरिकाका प्रमुख माइकल कुक, युर्निभर्सिटी अफ क्यालिफोर्नियाका डा जेम्स के गुड, रोटरी क्लब इन्टरनेशनल एशिया क्षेत्रका प्रमुख किमोजिम बेकर, ग्लोबल टेलिमेडिसिन सेन्टर भारतका प्रमुख सुरेश सवलोकलगायतले प्रविधिमार्फत नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि नेपालमा टेलिमेडिसिन सेन्टर स्थापना गरिएको बताए।
सेन्टरको सहकार्यमा नेपाल नेशनल अस्पतालसहित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारी, काठमाडौँ मोडल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त सेवाको जडान गरिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...