कात्तिक २३, २०८०
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
कात्तिक २२, २०७६
जनकपुरधाम – रौतहटको राजपुर फरहदवा गाउँमा भएको नरसंहार प्रकरण अदालतमा विचाराधीन छ ।
मुख्य अभियुक्त आफताब आलमलाई हिरासत राखेर, साधारण तारेख वा धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषय रौतहट जिल्ला अदालतमा विचाराधीन छ ।
तर बिहीवार अदालतमा थुनछेक बहस चलिरहँदा नै पीडित भनिएकी महिलाले आफ्ना पतिको हत्या नभएको भन्दै निवेदन दर्ता गराएकी छन् ।
रौतहट जिल्ला अदालतका एक जना कर्मचारीका अनुसार बम विस्फोटमा परी घाइते भएको अवस्थामा इँटाभट्टामा जिउँदै जलाएर मारेका ओशी अख्तरकी पत्नी आमना खातुनले निवेदन दर्ता गराउँदै आफ्नो पतिको हत्या नगरिएको बताएकी छन् ।
‘श्रीमान त्यतिबेला भारतमा रोजगारका लागि गएका थिए, उतै उहाँको निधन भएको थियो । आफ्ताब आलमले श्रीमानको हत्या गरेका होइनन् भन्दै निवेदन दिएकी छन्,’ अदालतका एक कर्मचारीले भने, ‘त्यो निवेदन अहिले श्रीमानको इजलाशमा छ, थुनछेक बहस सकिएर आदेश भएपछि विस्तृत जानकारी दिन सकिन्छ ।’
मृतक ओशी अख्तरकी आमा रुक्साना खातुन जाहेरवाली थिइन् । छोराको हत्या भएको भन्दै उनले र अर्का मृतक पिन्टु भनिने त्रिलोक प्रताप सिंहका बुवा श्रीनारायण सिंहले छुट्टाछुट्टै जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन एसपी लक्ष्मण नेउपानेले जाहेरी दर्ता नगरेपछि उनीहरूले हुलाक कार्यालयमार्फत जाहेरी दिएका थिए ।
छोराका हत्यारालाई कारबाही गर्नुपर्ने अभियान चलाएकी रुक्साना खातुनको गोली प्रहार गरेर हत्या गरिएको थियो ।
छोराको न्यायका लागि लड्दै आएकी रुक्सानाको समेत हत्या भएपछि उनका पतिले पनि अर्को महिलासँग बिहे गरेका छन् । मृतक अख्तरकी पत्नी आमना भने आफ्नो माइतिमा बुवा मोहम्मद समसुलको घरमा बस्दै आएकी छन् ।
आलम पक्राउ परेपछि समसुल आफ्नो ज्वाइँको न्यायका लागि खुलेर बोलेका थिए । त्यति मात्र होइन, विभिन्न डरत्रास, धाकधम्की तथा प्रलोभन समेत दिने गरेका भएपनि आफूहरू कुनै पनि हालतमा पछाडि नहट्ने तथा आलमलाई कारबाही हुनैपर्ने बताउने गरेका थिए ।
अदालतमा मुद्दा दर्ता भएपछि उनको छोरी तथा मृतककी पत्नी आमनाले बयान फेरेकी छन् । यससन्दर्भमा आमनाका बुवा समसुलले आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । ‘नाता पर्ने एक जना सम्धी बितेका कारण उनको किरीयामा बाहिर आएको छु,’ समसुलले भने, ‘त्यसैले के भएको हो भन्नेबारे कुनै जानकारी नै छैन ।’
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...